• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सरकारले पूर्णता पायो, शेयर बजारलाई के फरक पार्ला, के भन्छन् लगानीकर्ता ?

  • वीरगंज संजाल
  • Oct 8, 2021, 4:39 pm
  • २१४५

    वीरगन्ज । लामो समय देखि पूर्णता पाउन नसकोको सरकारले शुक्रवार पूर्णता पायो। प्रधानमन्त्री शेर बहादुर देउवाले पछिल्लो ८८ दिन देखि सरकार बिस्तार गर्ने प्रयास गरिरहेका थिए। जसले शुक्रवार पूर्णता पाएको हो।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका लागि नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीलेका नेताहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिए सँगै शुक्रवार मन्त्रीमण्डल बिस्तारले पूर्णता पाएको हो। सरकारले पूर्णता पाएको खबरलाई शेयर बजारका लगानीकर्ताले समेत गम्भीर रुपमा हेरिरहेका छन्। लामो समय देखि सरकारले पूर्णता नपाउँदा लगानीकर्ता समेत अन्योलमा थिए। सरकारले पूर्णता पाउला या नपाउला भन्ने दुबिधाकै कारण पनि बजारमा त्यस प्रभाव देखिए आएको थियो।

    तर शुक्रवार सरकारले पूर्णता पाएसँगै लगानीकर्ता समेत हौसिएका छन्। उनीहरूले बिस्तार भएको मन्त्री मण्डलले शेयर बजारमा समेत सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। “लामो समयदेखि रोकिई राखेको मन्त्रीमण्डलले पूर्णता पाएसँगै त्यसले बजारमा राम्रो प्रभाव पार्छ भन्ने अनुमान छ” नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मेरो लगानी सँग भने।

    उनका अनुसार बजारमा प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष प्रभाव भने बढी पर्ने छ। किनकि यति बेला शेयर बजार होस् वा निजी क्षेत्र तरलता र चर्को व्याजको सामना गरिरहेका छन्। तीनै कुराले बजारमा हिट गरिरहेको छ। उक्त समस्या भनेको समयमा गर्नु पर्ने खर्च नभएर हो। सम्बन्धित मन्त्रालयमा मन्त्री नभएको कारण पनि उक्त खर्च हुन सकिरहेको थिएन। तर अब सबै मन्त्रालयमा मन्त्री भएपछि खर्च गर्नु पर्ने कुरामा विलम्ब हुँदैन। खर्च गर्न समय नलाग्ने बित्तिकै बजारमा पैसा आउने छ। जसले गर्दा तरलता समस्या र त्यसले सिर्जित गरेको ब्याजदर बढ्ने समस्या पनि न्यूनीकरण गर्न सहयोग पुग्ने छ। जसको कारण शेयर बजारलाई समेत त्यसले अप्रत्यक्ष रुपमा राम्रो गर्ने छ।

    एका तर्फ क्यास फ्लो बढ्छ। अर्को तर्फ मन्त्री मण्डल बिस्तार नहुँदा लगानीकर्तामा आउने दिनमा के हुने भन्ने अन्योल बढी थियो। तर सरकारले पूर्णता पाएपछि कम्तीमा आउने निर्वाचन सम्म यो सरकार टिक्छ भन्ने विश्वास लगानीकर्तामा पलाएको छ। निर्वाचनसम्म सरकार टिक्ने भएपछि बजारका विषयमा सरकारले पनि त्यति कडी कढाऊ गर्ने छैन। किनकि निर्वाचनको मुखमा सरकारले रिस्क लिँदैन। फेरि निर्वाचन भन्ने बित्तिकै बढी खर्च हुन्छ। जसले गर्दा पनि बजारलाई अघि बढ्न टेवा दिन्छ नै भन्ने अनुमान हाम्रो छ।

    मन्त्री मण्डलले पूर्णता पाउँदा बजारले राम्रै प्रतिक्रिया देला भन्ने अपेक्षा गरिरहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भर रानाभाटले बताए। यता सरकार बिस्तारले बजारलाई सहयोग गर्ने छ भने अर्को तर्फ कम्पनीहरूले गरिरहेको लाभांश घोषणाले पनि बजारलाई सघाउ सक्छ। किनकि दोस्रो बजारमा सूचिकृत कम्पनीहरूले राम्रो प्रतिफल दिन थालेका छन्। जसले गर्दा पनि बजारलाई यसले सहयोग नै गर्ने रानाभाटको भनाइ छ।

    बजारमा थुप्रै लगानीकर्ताहरुलाइ नेपाल राष्ट्र बैंकले ल्याएको १२ करोडको नीतिले समस्यामा पारेको छ। उक्त नीतिले प्रभाव पारेपछि विभिन्न कोणबाट उक्त नीतिलाई परिमार्जन गर्नु पर्छ भनेर तीव्र लबिङ भइराखेको छ। जुन विषयमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाइ धेरै पटक भनिसकेको अवस्था पनि हो। जुन नीति धेर। समय पर नजाने अनुमान लगानीकर्ताहरूको छ। पहिलो त्रैमासको समीक्षामा राष्ट्र बैकले उक्त नीतिमा केही लचकता अपनाउँछ भन्ने नै विश्वासमा लगानीकर्ता छन्। जुन नीतिमा लचकता आउने भएकोले पनि बजार आगामी दिनमा राम्रै गरी अघि बढ्ने बजारका एक जानकार पुराना शेयर विश्लेषकले मेरो लगानीलाई बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑