• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ८ जिल्लामा काँग्रेसको नयाँ कार्यसमिति : देउवा र पौडेल बराबर

  • वीरगंज संजाल
  • १८ आश्विन २०७८, सोमबार १४:४४
  • १८५७

    वीरगन्ज | नेपाली काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । असोज १५ गतेदेखि हिमाली जिल्लाहरुमा सुरु भएको जिल्ला अधिवेशनको परिणाम आइरहेको छ । हिमाली २१ मध्ये १९ जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सक्ने काँग्रेसको तयारी छ । सोही अनुसार अहिलेसम्म ८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ४–४ जिल्लामा नेतृत्व हात पारेको छ । ८ वटा जिल्लाको परिणाम आउँदा पौडेल पक्षले १३ औं महाधिवेशनताका जितेका दुई जिल्ला गुमाएको छ । ताप्लेजुङ र रामेछापमा यसपटक देउवा पक्षले जितेको हो ।

    यद्यपि १३ औं महाधिवेशनपछि सिटौला समूहमा पुगेका कालिकोटमा पौडेल पक्षको नेतृत्व आएको छ ।

    देउवा समूह निर्वाचित जिल्ला

    ताप्लेजुङ

    काँग्रेस ताप्लेजुङको सभापतिमा देउवा पक्षका गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ जिल्लाको नेतृत्वमा पुगेका हुन् । तुम्याहाङले पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङलाई पराजित गरेका थिए । यसअघि ताप्लेजुङको सभापतिमा पौडेल पक्षकी लीला बोखिम सभापति थिइन् ।

    मनाङ

    काँग्रेस मनाङको सभापतिमा देउवा पक्षका शंकर गुरुङ निर्वाचित भएका छन् । दुई कार्यकाल मनाङको नेतृत्व सम्हालेका देउवा निकट टेकबहादुर गुरुङ जिल्ला राजनीतिबाट रिङआउट भएका छन् । तेस्रो पटक सभापति हुन पार्टी विधानले रोकेपछि शंकर सर्वसम्मत सभापति बनेका छन् ।

    हुम्ला

    हुम्लामा देउवा समूहमा मोहनविक्रम सिंह जिल्ला सभापति चयन भएका छन् । देउवा निकट सभापति जयपति रोकाया पनि जिल्ला राजनीतिबाट बाहिरिएपछि सिंह नेतृत्वमा आएका हुन् ।

    रामेछाप

    काँग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर (कान्छाराम) तामाङ निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका तामाङलाई दोस्रो मत ल्याएका लवश्री न्यौपानेले समर्थन गरेपछि उनी सभापति बनेका छन् । तामाङले पौडेल पक्ष निकट वर्तमान पार्टी सभापति लवश्री न्यौपानबाट जिल्लाको नेतृत्व देउवा समूहमा पुर्याएका छन् ।

    पौडेल समूह निर्वाचित जिल्ला

    कालीकोट

    नेपाली कालिकोटको जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन् । सिटौला निकट हर्षबहादुर बमलाई विस्थापित गरी पौडेल समूहका शाही जिल्लाको नेतृत्वमा पुगेका हुन् ।

    मुस्ताङ

    नेपाली काँग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । मुस्ताङमा काँग्रेस सभापति याङजिङ विष्टको ठाउँमा थकाली आएका छन् । उनीहरु दुबै जना पौडेल निकट हुन् ।

    रुकुम पूर्व

    नेपाली काँग्रेस रुकुम पूर्वको सभापतिमा पौडेल पक्षका केशरमान रोका दोहोरिएका छन् । राज्य पुनर्संरचना अनुसार रुकुम पूर्व र पश्चिममा विभाजित भएपछि रोका रुकुम पूर्वको सभापति बनेका थिए ।

    संखुवासभा

    काँग्रेस संखुवासभाको सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । खड्काले देउवा निकट राईमान राईलाई भारी मतान्तरले पराजित गराएका थिए । यसअघि पौडेल पक्षका दीपनकुमार श्रेष्ठ संखुवासभाको सभापति थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑