वीरगंज | भाेजपुरी फिल्म “बिहार से काठमाडाैं” नेपाल पत्रकार महासंघकाे सभा हलमा सुटिङ सुभारम्भ भएकाे छ । वीरगंजका अभिनेता प्रदेशी साह र काठमाडाैंकी अभिनेत्री एलिना बास्काेटाकाे मुख्य अभिनय रहेकाे फिल्मकाे सुटिङ बुधबार एक कार्यक्रमकाे बिच सुभारम्भ गरिएकाे हाे ।
नेपाल पत्रकार महासंघकाे सभा हलमा भएकाे शुभारम्भ समाराेहका प्रमुख अतिथी नेशन मेडिकल कलेजका निर्देशक बसरुदिन अन्सारीले फिल्मले भाेजपुरी भाषाकाे प्रबर्द्धन हुने वताए ।
उनले “बिहार से काठमाडाैं” नाम राखिएकाे भाेजपुरी फिल्मले भारत र नेपाल बिचकाे राेटी बेटीकाे सम्बन्ध प्रागाढ समेत बनाउने वताए । काठमाडाैं मेडिकल कलेजका निर्देशक समेत रहेका अन्सारीले फिल्म सुटिङकाे लागि आवश्यकता परे कलेज पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
उनले वीरगंजका प्राेडुसरहरुकाे मुख्य लगानीमा निर्माण हुने फिल्मबाट यहाँका स्थानिय कलकारहरुलाई माेका दिनु पर्ने वताए । प्राेडुसन प्रा.लि., नमस्ते नेपाल इन्टरटेनमेन्ट र वीरगंजका व्यवसायी नविन कुमार अग्रवालद्वारा निर्माण भइरहेकाे फिल्मकाे निर्देशक नारायण दत उपाध्याय रहेका छन् भने प्राेडुसरहरुमा वीरगंज कै किरण सरकार र गाेपाल पाैडेल रहेका छन् ।