• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो एमसीसी ? : रक्सीको सिसी कि बाटो खन्ने जेसीबी !

  • वीरगंज संजाल
  • २६ भाद्र २०७८, शनिबार ०९:१९
  • २९०१

    वीरगन्ज । लकडाउन खुलेपछि चियापसल खुले । खुलेका चियापसलमा थरीथरीका मान्छे जम्मा भए । मान्छे भेला भएपछि कुरा हुने नै भए । अनि चियापसलमा सुरु भयो एमसीसी बहस ।

    –नेपालमा एमसीसी कुनै हालतमा आउन हुँदैन । तर एमसीसीवाली फातिमा चाहिँ बेलाबेला आएकै राम्रो ।

    –फातिमा पनि नआएकै राम्रो । नेताहरुसँग बात गर्दा उपरखुट्टी लगाएर बस्ने मान्छे किन आउनु ? फातिमा नि नआउन्, एमसीसी पनि नआओस् ।

    –हो हो… नेपालमा एमसीसी त आउन दिनै हुँदैन । एमसीसीसँगै अमेरिकी सेना पनि नेपाल आउँछ फेरि।

    –हो नि, एमसीसी आए त देश अफगानिस्तानजस्तो भैहाल्छ नि ।

    –बरु एमसीसी भनेको चाहिँ के रैछ कुन्नि ?

    –कस्तो नबुझेको होला, नाम सुन्दैमा थाहा हुन्छ नि । सिसी क्या सिसी बोतल, रक्सीको बोतल । अलि ठूलो खालको बोतल होला । रक्सी हालेको, विदेशी ब्राण्डको । सिसी मात्रै भन्दा सस्तो ठान्छन् भनेर महँगो सिसी भन्ने अर्थ लाग्ने गरी अघिल्तिर एम थपेर अलि स्मार्ट नाम बनाएका क्या । नेपालीलाई बिगार्न उता बनाएको रक्सी सिसीमा हालेर पठाउन खोजेका होलान् । यसै त नेपाली धेरै रक्सी पिएर बिग्रिसके । त्यसमाथि अमेरिकाले त्यस्तो महँगो रक्सी ठूलो सिसीमा हालेर पठायो भने के हुन्छ ? सबै नेपाली बिग्रन्छन्, सबै गरिब हुन्छन् ।

    –ओहो त्यसो भए त त्यति ठूलो र महँगो सिसीमा रक्सी ल्याउन दिन हुँदैन । यसले नेपाललाई गरिब बनाउँछ, नेपालीको स्वास्थ्य बिगार्छ । जसरी पनि एमसीसी रोक्नुपर्छ ।

    –हरे कस्ता मुर्ख होलान् ! एमसीसी भनेको रक्सीको सिसी होइन क्या । पढाइको कुरा हो यो । हाम्रो यहाँ एमएससी, एमबीएस भनेजस्तै उताको डिग्री हो । एमएससी र एमबीएस भन्दा पनि ठूलो डिग्री एमसीसी । नेपालीले भन्दा धेरै पढेका एमसीसी पास गरेका मान्छेलाई यहाँ विकास गर्न पठाउने भनेका हुन् । कुरा बुझ्नुसुझ्नु छैन । एमसीसी भनेको रक्सीको सिसी भन्छन् ! दिमाग लगाउनुपर्यो नि !

    –ए एमसीसी भनेको पढाइको, डिग्रीको कुरा पो हो ? त्यसो हो भने त गजब हुन्छ नि । उनीहरुले हामीलाई सिकाउँछन्, अनि हामी पनि उनीहरुकै हाराहारीमा पुग्न सक्छौँ ।

    –कहाँ उनीहरुले सिकाएर हुन्छ ? उनीहरुभन्दा हामी जान्ने छौँ । पढेर, डिग्री हातमा परेर मात्र हुन्छ ? अनुभव हुनुपर्यो नि । हामीलाई जस्तो अनुभव उनीहरुसँग हुन्छ ? त्यसमाथि उनीहरुले अङ्ग्रेजी मात्र बोल्छन् । हाम्रा छोराछोरीले बोर्डिङ स्कुल पढेर नेपाली भाषा बिर्सिसके । अब अमेरिकामा धेरै पढेका मान्छेहरु हाम्रामा आउँदा छोराछोरीको हालत झन् के होला ? नेपाली भाषा त सोत्तर हुन्छ ? त्यति धेरै पढेका, एमसीसी पास गरेका मान्छे हाम्रो देशमा ल्याउन हुँदैन ।

    –कस्तो मुर्ख कुरा गरेको होला ! एमसीसी भनेको एमएससी र एमबीएस भनेजस्तो हैन क्या । कता पढाइको कुरा गरेको ? यो त सुरक्षाको विषय हो रे । अमेरिकी सेनाको कुरा क्या । भारतीय सीमा सुरक्षा बललाई एसएसबी भनेजस्तै अमेरिकी सेनाको बललाई एमसीसी भनेको हो । अमेरिकी सेना नेपाल आउन लागेका हुन् ।

    –ओहो भारतीय सुरक्षाकर्मीले त यस्तो दुःख दिइरहेको छ, अमेरिकी सेना त कहाँ आउन दिन हुन्छ र ? हुँदैन । अमेरिकी सेना नेपाल आउने यस्तो राष्ट्रघाती सम्झौता कुनै हालतमा कार्यान्वयन गर्न हुँदैन । रोक्नुपर्छ ।

    –एमसीसी भनेको एसएसबी भनेजस्तो पनि हैन । यो त एनटीसी र एनसेल भनेजस्तै मोबाइलको काम गर्ने अर्को कम्पनीको नाम एमसीसी होला ।

    –त्यसो हो भने पनि नेपालमा एमसीसीको काम छैन । एनटीसी र एनसेल नै काफी छन् नि किन चाहियो अर्को कम्पनी ?

    –एमसीसी भनेको कहाँ मोबाइल कम्पनी हुनु ? हैन होला । सम्झौतामा त बिजुली र सडक बनाउने कुरा छ पो भन्छन् त ।

    –भनेपछि सडक बनाउँदा र बिजुलीको टावर गाड्दा जेसीबी र डोजर लगाउँछन् नि, हो जेसीबी भनेजस्तै एमसीसी होला । जेसीबीले भन्दा छिटो खन्ने मेसिन ।

    –ओहो जेसीबीभन्दा पनि ठूलो मेसिन त झन् ल्याउन दिनै हुँदैन । बाटो खन्दा गाउँगाउँमा जेसीबी पसेपछि अहिले नै गाउँघरमा पहिरो चलेको चल्यै छ । जेसीबीका कारण कतिका घर भत्किसके । कति ठाउँमा पहिरो गैसक्यो । अब जेसीबीभन्दा पनि पावरवाला एमसीसी आयो भने त गाउँमा अलिअलि बाँकी बसेका घर पनि सग्ला रहँदैनन् । बाटो र बिजुली बनाउँदा सबैतिर पहिरो खसेर बर्बाद हुन्छ । एमसीसी त ल्याउन हुँदै हुन्न । जसले विरोध गरिरहेको छ ठिक छ ।

    –हैट मुर्खहरु एमसीसी भनेको बाटो खन्ने जेसीबी होइन । एमसीसी, एमबीएस भनेजस्तो पढाइको कुरा पनि हैन । न एसएसबी भनेजस्तो हो, न एनटीसी र एनसेल भनेजस्तो । रक्सीको महंगो सिसी पनि होइन । यो त अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको छोटकरी रुप हो क्या एमसीसी ।

    –हो र ? अनि सम्झौतामा के के छ ? किन विरोध भएको त ?

    –खै के छ भनेर त पढेको छैन । तर जेसीबी, एनटीसी भनेजस्तो चाहिँ होइन । तर यो ल्याउन चाहिँ हुँदैन ।

    –अनि के हो भन्ने कुरै नबुझी ल्याउन चाहिँ किन नहुने नि ?

    –खै हाम्रो पार्टीले हुँदैन भनेको छ, त्यसैले हुँदैन ।

    –हैन हाम्रो पार्टीले एमसीसी आएर केही हुँदैन, बरु नेपालको विकास हुन्छ भनेको छ, ल्याउँदा हुन्छ ।

    –हुँदै हुँदैन ।

    –हैन हुन्छ ।

    –तैँले भनेर कहाँ हुन्छ ? एमसिसी आउनै दिन्नँ ।

    ‘ए ए…मेरो चियापसलमा गफ मात्रै गर्न पाइन्छ, धकेलाधकेल गर्ने हो भने चाहिँ संसद भवन जानुस् है, एमसीसीको कुराले यहाँ मेरो कोक र फेन्टा राखेको सिसी फुट्ला’ चिया पकाउँदै गरेकी साहुनीले भनिन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑