• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा १३९ जनप्रतिनिधिले लोसपा र ४८ ले एकीकृत समाजवादी रोजे

  • वीरगंज संजाल
  • २३ भाद्र २०७८, बुधबार १८:२५
  • २३३७

    सर्लाही | राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि मंगलबार (हिजो) साँझ ५ बजेबाट सकिएको छ। २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादीका महन्थ ठाकुरले नयाँ दल दर्ता गराएका छन्।

    त्यसअनुसार सर्लाहीसहित देशभरमा नेता माधव कुमार नेपालनिकट रहेकाहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा र महन्थ ठाकुरनिकट रहेका जनप्रतिनिधिहरुले जसपा छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) को पक्षमा सनाखत गरेका छन्।जिल्ला निर्वाचन कार्यालय मलंगवाका अनुसार सर्लाहीमा १३९ जनाले लोकतान्त्रिक समाजवादी र ४८ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।एमालेका प्रदेशसभा सदस्यहरु बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती र रवीन्द्र बैठा तीनै जनाले एकीकृत समाजवादीमा छन्।

    त्यसैगरी, स्थानीय पालिकाहरुमा भने हरिपुर नगरपालिकाका मेयर, उपमेयरसहित त्यहाँका केही र लालबन्दी, हरिवन तथा बागमतीका केही वडाध्यक्ष एवं वडा सदस्यहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन्। लालबन्दीका मेयर मानबहादुर खड्का, उपमेयर, हरिवनका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, ईश्वरपुरका मेयर मनोज देवकोटा, उपमेयर एकाबती चौधरी लगायतका जनप्रतिनिधिहरू भने एमालेमै बसेका छन्।

    सर्लाहीमा एमालेका संघीय सांसद छैनन्। त्यसैगरी, राजपाबाट निर्वाचित दुवै संघीय सांसदहरू प्रमोद साह र महेन्द्र यादव जसपामा बसेका छन्। त्यस्तै, राजपाका ८ मध्ये ५ जना प्रदेश सभा सदस्यहरु पनि जसपामै बसेका छन्।राजपाका प्रदेश सांसदहरु अशोक यादव, सन्जय यादव, सन्चमाया मोक्तान, निरा कुमारी साह र प्रदेश सरकारको मन्त्री समेत रहेका राम नरेश साह जसपामै छन्। उपेन्द्र महतो, गौरीनारायण साह र निलमदेवी भुमिहारनीले मात्रै लोसपा रोजेका छन्।

    त्यसैगरी, स्थानीय तहमा भने लोसपा बलियो देखिएको छ । राजपाबाट जितेका ७ वटा पालिकाका प्रमुखमध्ये ५ जना लोसपामा लागेका छन्।बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह, गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव, कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादव, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साह र चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लोसपामा छन्।कविलासीका मेयर कौशल किशोर राय जसपामा बसेका छन् भने फोरमबाट जितेका पर्सा गाउँपालिकाका अध्यक्ष किसुन देव रायले पनि जसपानै रोजेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑