• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दसैंतिहारअघि विद्यालय नखोल्न विज्ञको सुझाव

  • वीरगंज संजाल
  • २३ भाद्र २०७८, बुधबार १७:३१
  • २४५३

    बिरगंज । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै सरोकारवालाले विद्यालयमा तत्काल भौतिक रूपमा पठनपाठन गर्न नहुने सुझाव दिएका छन्। शिक्षाविद्, शिक्षक महासंघ, अभिभावक महासंघ, निजी विद्यालयको छाता संगठन (प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारी र महानगरका शिक्षा विभाग प्रमुखबीच बुधबार भएको छलफलमा विज्ञहरूले दसैंतिहारअघि विद्यालय खोल्ने विषयमा हतार नगर्न सुझाव दिएका हुन्।

    संक्रमणको जोखिम कायम रहेको र बालबालिकालाई खोप लगाउन नसकिएको भन्दै उनीहरुले संक्रमणको दर कम भएपछि विद्यालय खोल्नुपर्ने धारणा राखेका थिए। यसका लागि कम्तीमा दसैंतिहारसम्म पर्खनुपर्ने उनीहरूकाे सुझाव छ।

    ‘शिक्षकको काम पढाउने हो तर, पढाउँदैनन्। शिक्षकले विभिन्न विकल्पको खोजी गरेर पढाउनुपर्छ। छिमेकमा, विभिन्न समूहमा विद्यार्थीलाई छुट्टाछुट्टै राखेर पनि पढाउन सकिन्थ्यो तर, उनीहरुलाई नपढाएरै तलब खाने बानी परेको छ।
    शिक्षाविद् विद्यानाथ कोइरालाले जोखिमको समयमा विद्यालय खोल्नुभन्दा पनि शिक्षण सिकाइलाई विभिन्न विकल्पबाट निरन्तरता दिनुपर्ने सुझाव दिए। उनले भने, ‘शिक्षकको काम पढाउने हो तर, पढाउँदैनन्। शिक्षकले विभिन्न विकल्पको खोजी गरेर पढाउनुपर्छ। छिमेकमा, विभिन्न समूहमा विद्यार्थीलाई छुट्टाछुट्टै राखेर पनि पढाउन सकिन्थ्यो तर, उनीहरुलाई नपढाएरै तलब खाने बानी परेको छ। साना कक्षामा पढ्ने भाइबहिनीलाई ठूला कक्षाका दिदीदाइले घरमै पनि पढाउन सक्छन्। विभिन्न विकल्पका बारेमा हामीले भनेका छौं। तर, पढाउने र शैक्षिक जग बनाउने विषयमा राज्यको निकायको उपस्थिति गतिलो हुन सकेन। यत्रो समय नभएको कक्षा जोखिम भएका उपत्यकाजस्तो ठाउँमा अहिले सञ्चालन गर्न हुँदैन।’

    चाडबाड नजिकिँदै गर्दा विद्यालय खोल्न हतार गर्न नहुने विषयमा अर्का शिक्षाविद् धनञ्जय शर्मा पनि सहमत छन्। उनले व्यवस्थित तरिकाले मात्रै विद्यालय खोल्नुपर्ने बताए। उनले भने, ‘जोखिम कम भएका ठाउँमा विद्यालय क्रमिक रुपमा खोल्दै जानुपर्छ। विद्यार्थीलाई सहज ढंगबाट पठनपाठन गराउन केही समय ढिलो गरेर भए पनि स्वास्थ्य सुरक्षाको जोखिम नहुने गरी मात्र विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्नुपर्छ।’

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले विद्यालय खोल्ने विषयमा हतार गर्नुभन्दा पनि विद्यालय खोल्नुपूर्वका तयारीका विषयमा सचेत हुनुपर्ने बताए। उनले भने, ‘विद्यालय खोल्न शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्छ। स्मार्ट लकडाउन कार्यढाँचाअनुसार विद्यालय खोल्न सम्बन्धित पालिकाले बनाउने कार्ययोजना र यसको पालनाको आधारमा विद्यालय खोल्न सकिन्छ।’ उनले राजधानीमा जोखिम कायमै भएकाले हतारमा निर्णय लिन नहुनेब बताए। ‘यत्तिका समय विद्यालय खुलेका छैनन्। अब हतार गरेर खोल्नु हुँदैन। व्यवस्थित गर्नुपर्छ’, उनले भने।

    यस्तै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले दसैं पनि नजिकिँदै गएकाले २१ दिन विद्यालय खोल्न हतार गर्न नहुने बताए। उनले भने, ‘कोभिड–१९ संक्रमणको जोखिम कायम रहेकाले अहिले विद्यालय खोल्नु उपयुक्त हुँदैन।’ विद्यार्थीले खोप लगाएका छैनन्। बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने आंकलन छ। भण्डारीले भने, ‘यस्तो अवस्थामा सहरी क्षेत्रका विद्यालयमा भौतिक कक्षाभन्दा पनि वैकल्पिक विधिबाटै अध्यापन गराउनुपर्छ। न्यून जोखिम भएका पालिकाका विद्यालयमा क्रमिक रुपमा विद्यालय खोल्न सकिन्छ।’

    ‘हामीले विद्यालय खोल्ने भनेर निर्णय गरेका छैनौं तर, विद्यार्थीलाई घरमै थुनेर राख्दा पनि विभिन्न मानसिक समस्या देखिएका छन्। हामीलाई अभिभावकबाटै छिटो विद्यालय खोल्नुपर्यो भनेर दबाब आइरहेको छ। मापदण्ड पूरा गरेर विद्यालय खोल्न र यसको अनुगमन गर्ने गर्नुपर्छ।’
    काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले विद्यालय खोल्ने नै भनेर निर्णय गरिनसकेको भए पनि अब बिस्तारै विद्यालय खोल्ने प्रक्रियामा जानुपर्ने बताए। उनले भने, ‘हामीले विद्यालय खोल्ने भनेर निर्णय गरेका छैनौं तर, विद्यार्थीलाई घरमै थुनेर राख्दा पनि विभिन्न मानसिक समस्या देखिएका छन्। हामीलाई अभिभावकबाटै छिटो विद्यालय खोल्नुपर्यो भनेर दबाब आइरहेको छ। मापदण्ड पूरा गरेर विद्यालय खोल्न र यसको अनुगमन गर्ने गर्नुपर्छ।’

    शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले अब बिस्तारै विद्यालय खोल्नुको विकल्प नभएको बताइन्। ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पढ्ने बानी नै हराएकाले संक्रमणदर कम भएका ठाउँमा क्रमिक रूपमा विद्यालय खोल्दै जानुपर्छ’, उनले भनिन्, ‘शिक्षकहरुले खोप लगाइसकेको अवस्था छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न सकिन्छ। शिक्षक तयारी अवस्थामा छन्।’

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ( हिसान) का सचिव रामहरि सिलवालले विद्यालय नखोल्दा निजी शिक्षण संस्थाले ठूलो व्ययभारमा परेको बताए। उनले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले तलब खाइरहे पनि निजी विद्यालयका शिक्षकले तलब खाने अवस्था बनेको छैन। स्थानीय तहले आफ्नो क्षेत्रको स्कुल–कलेजको अवस्थाका विषयमा खासै चासो दिएका छै्रनन्, अनुगमन गरेका छैनन् त्यसैले विद्यालय खोलेर पठनपाठन सँगै हुने अन्य क्रियाकलापमा अघि बढाउन पनि विद्यालय खोल्नुपर्छ।’

    सरकारले संक्रमणदर ५ प्रतिशतभन्दा कम भएमा मात्र विद्यालय खोल्न सकिने निर्णय गरेकाले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुरुप मापदण्डको पूर्णरुपमा पालना गरेर मात्रै विद्यालय खोल्नुपर्ने भएकाले अहिले हतार गरेर विद्यालय खोल्न नहुने निष्कर्ष विज्ञहरुको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑