बारा। बाराको जीतपुरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गठन गरिएको छ ।जितपुरस्थित शनिबार भएको महिलाहरुको वडा भेलाले सलामुन नेशाको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गरिएको छ । समितिको उपाध्यक्षमा गिता देबी साह र सचिवमा लक्की कुमारी चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा कोराएसा खातुन ,समसा खातुन ,समिना खातुन ,पार्बती ठकुरी, प्रमिला राम लगायतका रहेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी )का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष शोभा कार्कीले महिलाहरु आफनो अधिकारको लागि स्वयम जागरुक भई लाग्नुपर्नेमा जोड दिइन् ।
नेकपा माओवादी केन्द्र गरिब ,दुखी ,मजदुर र शोषित बर्गको पाटी भएकाले सबै यसमा आवद्ध भएर अगाडि बढाउँनुपर्नेमा जोड इिन् । सलामुन नेसाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका किसानका जनबर्गिय सङ्गठनका प्रदेश २ का संयोजक प्रेम बरालको बिशेष उपस्थिती रहेको थियो ।