धनुषा । धनुषाको ढल्केबरस्थित एक सुनचाँदी पसलमा चोरी भएको छ । मिथिला नगरपालिका –६ स्थित गणेश लक्ष्मी ज्वेलर्समा शनिबार दिन दहाडै चोरी भएको हो । पसलमा जडित सीसीटिभीको फुटेजको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चोरीमा संलग्न रहेको आरोपमा धनुषाधाम नगरपालिका –८ मुलाबारी निवासी १९ वर्षीय टक्कर बहादूर मगराती र पुष्पलपुर घर भई ढल्केबर बस्दै आएकी ३५ वर्षीया सुरेखा देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
मगरातीलाई चोरी गरेको आरोपमा पक्राउ गरिएको छ । चोरीको गहना खरिद गरेको आरोपमा सुरेखा यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । पसलबाट ४८ तोला चाँदी तथा ६ सय ग्राम चाँदीको गहना चोरी भएको पसलका संचालक शिवजी साहले जानकारी दिए ।