• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा पेस्तोलसहित एक भारतीय युवक पक्राउ

  • वीरगंज संजाल
  • २० भाद्र २०७८, आईतवार ११:०४
  • १५८९

    । सर्लाहीमा पेस्तोलसहित एक भारतीय युवक पक्राउ परेका छन् ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवन नगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) कृष्ण अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबार पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको हो । शुक्रबार साँझ पेस्तोलसहित पक्राउ पर्नेमा भारतीय नागरिक १७ वर्षीय गोलु कुमार दास रहेको प्रहरीले जनाए । भारतको सीतामढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत–१ बस्ने सोरिक दासका छोरा गोलु कुमारलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले ब्रह्मपुरी गाउँपालिका–४ कालिमन्दिरबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल १० नं. गण कविलासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए । एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सशस्त्रले शुक्रबार बिहान मात्रै लालबन्दी नगरपालिका–५ रेल्वे ट्रयाकस्थित जरुवा पानीबाट पाँच राउण्ड गोलीसहित एउटा कटुवा पेस्तोल र मोटरसाइकल बरामद गरेको थियो । सुरक्षाकर्मीलाई देखेपछि फरार भएका मोटरसाइकल चालकको खोजी तीव्र पारिएको प्रहरीले बताए । यता, सशस्त्र प्रहरी बल सर्लाहीले खाना पकाउने ग्याँस सिलिण्डरमा लुकाएर लागूऔषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो भारतबाट मलंगवातर्फ ग्याँस सिलिण्डर बोकेर नेपालतर्फ आउँदै गरेका भारतको सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र ३२ वर्षीय नेता शर्मालाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट खोकीको औषधीको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित वीनसीरेक्स ९४ बोतल बरामद गरेको छ ।

    बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवै जनालाई शुक्रबार दिउँसो ३२५ नम्बरको सीमा स्तम्भ नजिक चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटर दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको थियो । एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । लागूऔषधसहित दुवैजना भारतीय नागरिकलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाईएको छ । सुरक्षाकर्मीले कडाई गर्दै गएपछि पछिल्लो समय लागूऔषध कारोबारी एवं सेवनकर्ताले मोटरसाईकल र साईकलको टायर, टिउ, तरकारीको बोरा, ग्याँस सिलिण्डर लगायतमा लुकाएर भारतबाट नेपालतर्फ भित्र्याउने उपाय थालेका छन् । भारतमा खुला रुपमा किनबेच हुने कोरेक्स, वीनसीरेक्स लगायत खोकीका औषधीहरु नेपालमा भने प्रतिबन्धित रहेको छ ।लागूऔषधको रुपमा प्रयोग बढ्दै गएपछि भारतमा उत्पादन हुने विभिन्न औषधीहरु नेपालमा प्रतिबन्ध लगाईएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑