सिरहा | सिरहाको लहान नगरपालिका–१९ कटहा चौकबाट प्रहरीले अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए ।
उक्त अटोमा खानतलासी गर्दा औषधीहरु बरामद भएको प्रहरीले जनाएको छ । औषधीहरू रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ ।
उक्त औषधीहरु ७५ लाख ५६ हजार ८०० बराबरको रहेको छ ।भारतीय बजारबाट भन्सार छलेर ल्याएको उक्त औषधीहरु र अटो विहान करिब २ बजे बरामद गरिएको प्रहरीले जनाएको छ ।