जनकपुर,१७ भदाै । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक युवकको मृत्यु भएको छ ।
नहरमा डुबेर कङ्कालिनी नगरपालिका-१ का २४ वर्षीय लक्ष्मण कुमार इसरको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।लक्ष्मण मलेसियामा ७ वर्ष बसेर १५ दिन अगाडि मात्रै घर फर्किएका थिए ।
युवककाे शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।