बीरगन्ज । बारा कोल्हवीका एक किशोरको हत्या गरि शव नहरमा फालेको आरोपमा ९ वर्षपछि आरोपितलाई प्रहरीले पक्राउ गरेका छ ।
प्रहरीले हत्या गरेको आरोपमा बाराको केल्हवी नगरपालिका–१ बस्ने ३६ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो । २०६९ साल जेठ १७ गतेदेखि सोही स्थानका १८ वर्षीय किशोर अजय चौधरी हराएका थिए ।
हत्या गरिएको अवस्थामा ५ दिन पछि सोही स्थानको नहरमा फेला परेको थियो । अनिललाई ९ वर्षपछि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।
पक्राउ परेका अनिललाई कर्तव्य ज्यान मुदामा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको मिश्रले बताए।