• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग

  • वीरगंज संजाल
  • १७ भाद्र २०७८, बिहीबार ११:४९
  • १९७७

    वीरगञ्ज ।  प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।

    महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका थिए ।

    नगरप्रमुख साहले प्रयोग गर्दै आएको ज.१ झ ४२९ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छाप अङ्कित झण्डा झुन्ड्याएर लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई विमानस्थलबाट लगेका थिए ।

    नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सरकारी सवारीसाधनको यसरी अनियन्त्रितरुपमा दुरुपयोग हुनु जनताको लागि दुर्भाग्य रहेको बताए । उनले यस्ता खाले बेथिति नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । उनले नगरप्रमुख साहले सरकारी गाडीमा पार्टीको झण्डा झुन्ड्याएर नेता कार्यकर्ता ओसारपसार गर्ने साधनको रूपमा दुरुपयोग गर्नु अशोभनीय कार्य रहेको टिप्पणी गरे ।

    त्यस्तै प्रदेश नम्बर २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका जसपाका नेता सरोजसिंह कुशवाहाले मंगलबार आफ्नो गृहगाउँमा शक्ति प्रदर्शन गर्दै दर्जनौँ भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको झण्डा झुन्ड्याएर गाउँको परिक्रमा गराएका थिए ।

    महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ स्थित सरपल्लोमा आयोजित एक कार्यक्रममा सहभागी हुनु पूर्व आयोजना गरिएको मोटरसाइकल र्‍यालीको क्रममा दर्जनौँ सङ्ख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको छाता अङ्कित झण्डा झुन्डाइएको थियो ।

    लामो समय देखि भारतबाट नेपाल प्रवेश गर्ने सिमानाका क्षेत्रहरू बन्द छ । यस्तो अवस्थामा बन्द रहेकोले भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा चलाउन पूर्णरुपमा प्रतिबन्ध पनि गरिएको छ । तर पनि निर्वाधरुपमा भारतीय नम्बरका मोटरसाइकल सहितका सवारी साधनहरू निर्वाधरुपमा चलाइएको पाइएको छ ।

    पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाले मन्त्रीको पदबाट राजीनामा दिएको एक महिना भन्दा लामो समय बितिसक्दा पनि सरकारी गाडी सहित १८ वटा सामग्रीहरू आफूसँगै लिएर प्रदेश सरकारसँग सम्पर्कविहीन भएका छन् । राजीनामा दिएर घर फिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडी लगायत १८ वटा महत्त्वपूर्ण सामग्रीहरू समेत उनी आफूसँगै लिएर गएका छन् । प्रदेश सरकारले समेत सरकारी सवारीसाधन सहित सामग्रीहरू फिर्ताका लागि कुनै किसिमको कारबाही प्रक्रिया अपनाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑