पर्सा। पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ३ मा १ सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पकाहमैनपुर गाउँपालिका कमिटीको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जितेन्द्र चौहानको नेतृत्वमा १ सय जनाले पार्टी प्रवेश गरेको गाउँपालिका कमिटीका अध्यक्ष अकलेश साहले जानकारी दिए । साहकै सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय शंकर ठाकुर, राजकुमार राउत, सलिम मियाँ, राजु साह लगायतले जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले केन्द्रिय सदस्य निर्मला देवकोटा, संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रदेश कमिटी तेजप्रका निषाध, नेकपा एमाले पर्सा अध्यक्ष प्रभु हजरा, सचिव एवम् छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, महानगर अध्यक्ष विशम्भर शर्मा लगायतले नवप्रवेशीहरुलाई अविर र माला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य संजिव मिश्र, बिकाश पाण्डे, युवा संघ पर्साका अध्यक्ष महम्द निजाम, खेलकुद महासंघका केन्द्रिय सचिव रामकिसोर सिंह पराग, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, गाँउपालिका सचिव राजेश सहनी, युवा संघका गाँउपालिका अध्यक्ष मनिष यादव लगायतको सहभागिता रहेको थियो ।