वीरगञ्ज । बाराबाट लुकाई छिपाई राखिएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको सयुँक्त टोलीले पेस्तोलसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर निवासी ३५ वर्षीय राजेश प्रसाद यादव र सोही ठाउँका २० वर्षीय जितेन्द्र प्रसाद कुश्वाहा रहेका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित विधायक होटेलमा बसेका उनीहरुको साथबाट मेड ईन युएस ए नम्बर ७७७७० लेखिएको एक्स्ट्रा म्याग्जिन १ थानसहित १ थान म्याग्जिन पेस्तोल फेला परेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।