वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले संघका कार्य समिति सदस्य निरज कुमार अग्रवालको संयोजकत्वमा १५ सदस्यीय बीमा समिती गठन गरेको छ ।संघकै सभाहलमा एक औपचारिक कार्यक्रमका बिच बीमा समिति गठन गरिएको छ । विशेष गरी बैंक तथा बित्तिय संस्था एवम् इन्सुरेन्स लगायतका सम्बन्धमा नितीगत तथा बैंकिग समस्याहरुको समाधानका लागि बिमा समिति गठन गरिएको संघका प्रशासन प्रमुख मनोज उपाध्यायले जानकारी दिए ।
समितिको सदस्यमा नितेश खड्गी, अमर गौतम, अवधेश सरावगी, चेतन गाडिया, कृष्ण अग्रवाल, नारायण रुँगटा, पन्नालाल साह, सन्तोष जयसवाल, सौरभ क्याल, शेखर चौधरी, अमित टिबडेवाल, मुकुल छपोलिया, बिक्रम आले, मोहित गुप्ता मनोनयन भएका छन् ।