वीरगंज । लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डद्वारा वीरगंजको नारायणी अस्पतालमा बेडसीट एवं महिलाहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा अस्पतालका महिला स्वास्थ्यकर्मीहरुलाई खाजा वितरण गरिएको छ ।
सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डद्वारा अस्पताललाई आवश्यक २५ थान बेडसीट प्रदान गरिएको छ भने अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीहरुलाई सय थान खाजाको प्याकेट वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूटिभ चिफ लायन डि.एन.अग्रवालले बताउनु भयो ।
लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी प्रथम उपाध्यक्ष लायन आयुषी तुल्स्यान अग्रवालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट डेपुटी चीफ लायन उमेश साह कानु, जोन चेयरपर्सन लायन श्याम गुप्ता, सदस्य लायन सुनिता अग्रवाल, लायन रीता सिकारिया, लायन पिया सिंह, लायन सोनी अग्रवाल लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण क्लबकी सेक्रेटरी लायन भगवती सिग्देलले गर्नु भएको थियो ।