बीरगञ्ज । अवैध हुण्डी रकम सहित प्रहरीले पर्साको बीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् ।
हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ९डिएसपी० ओमप्रकाश खनालले बताए । प्रहरीले उनिहरुको साथबाट भारतको बिहारस्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।
नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।