तेरापन्थ युवक परिषद बिरगंजद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ९१ जनाले गरे रक्तदान
वीरगंज संजाल
१२ भाद्र २०७८, शनिबार २१:३२
३१०५
बिरगंज ।तेरापंथ युवक परिषद वीरगंजको आयोजनमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ९१ जनाले रक्तदान गरेका थिए ।
जैन धर्मशालामा शनिबार भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीलाई स्वागत गर्नुको साथै सम्मान समेत गरेको थियो।
बिरगंजको रक्त संचार केन्द्रमा रक्त अभावको समयमा तेरापंथ युवक परिषदले ठूलो संख्या रक्त संकल्न गरेको हो । कार्क्रममा जैन श्वेताम्बर तेरापंथ परिषद सभा र तेरापंथ महिला मण्डलको सहयोग रहेको थियो ।अखिल भारतिय तेरापंथ युवक परिषदले ईस्वी सन २०१५ सालमा एक दिनमा विश्व भरिबाट सर्वाधिक १ लाख १२ हजारको संख्यामा रक्तदान गरेको बिश्वकृतीमान कायम गरेको संस्था हो ।
नेपाल रेडक्रस सोसाईटी तथा रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा नेपाल बिहार झारखण्ड सभाका उपाध्यक्ष अशोक कुमार बैद, संस्था सिरोमणि महासभाका कार्यकारी सदस्य एवं वीरगंज सभाका अध्यक्ष निर्मल कुमार सिंघी, बिरगंज सभाका निवर्तमान अध्यक्ष राज कुमार बैद, भवन ट्रस्ट बोर्डका उपाध्यक्ष बन्सीलाल बोथरा, वीरगंज तेयूप अध्यक्ष पंकज बैद र तेरापंथ महिला मण्डल वीरगंजका कार्यक्रम संयोजक दीपक बैद लगायत अन्य सामाजिक कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।