• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु र प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार २०:१६
  • ३६२५

    वीरगंज ।  वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरु र प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।संघका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गर्नुभयो ।

    उहाँले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै संघले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भई रहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले बिरगंज नगरभरि विस्तारित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु एडभान्सड र प्रविधिमय भई सकेकोले अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित भई अपराध अनुसन्धान गर्नुपर्ने पूरातन अवधारणालाई त्यागी स्मार्ट पुलिसिङ्गको धारणा अनुरुप प्रहरी प्रविधिमय हुनुपर्नेमा जोड दिनुभयो र नेपाल प्रहरी पनि प्रविधिमैत्री हुँदै गइरहेको कुरा बताउनुभयो ।

    वीरगंज उद्योग वाणिज्य संघले आफ्नो अगुवाईमा सारेको सिसिटिभी परियोजनाले अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सिसिटिभी परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।नेपाल उद्योग वाणिज्य सङ्घ–प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासंघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्व अध्यक्ष अशोककुमार वैधले वीरगंज –रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनमा सहजता प्रदान गर्नको लागि अनुरोध गर्नुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी, श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतम, सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोज कुमार दास लगायत सङ्घका पदाधिकारी तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑