• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीका १४ वर्षीया किशोरी प्रियंकाको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १९:२८
  • २४२९

    सर्लाही। सर्लाहीमा १४ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न दुईजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।लालबन्दी नगरपालिका–१७, रानीगन्ज डाँडाटोल निवासी राजेश भुजेलकी छोरी १४ वर्षीया प्रियंकाको शव गत भदौ १ गते राती लालबन्दी नगरपालिका–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पर्ने कालिन्जोर पुलको २०० मिटर दक्षिण खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको थियो । प्रहरीले मलंगवामा पत्रकार सम्मेलन गरी प्रियंकाको हत्या भएको पुष्टि गर्दै हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको हो ।

    प्रहरीले सार्वजनिक गरेका दुवै अभियुक्त रानीगञ्जकै १९ वर्षीय कृष्ण साह र १९ वर्षकै अनिश दाहाल रहेका छन् । प्रहरीले उनीहरुलाई भदौ १ गते नै पक्राउ गरेको थियो । प्रहरीले मृतक भुजेल र अभियुक्त अनिश दाहाल बिच पुरानो सम्बन्ध रहेको अनुसन्धानका क्रममा कल डिटेल्समा देखिएको प्रहरीले बताए । गत साउन ३१ गते राति अभियुक्त दाहाल र साह मृतक भुजेललाई घरमा भेट्न जादाँ गाउँलेले थाहा पाएर हल्ला गर्दा डराएर तीनै जना नजिकको जंगलतर्फ गएका थिए । जंगलमा पुगेपछि भुजेललाई अभियुक्तहरुले घर जाँऊ भन्दा नमानेको र भुजेलले खोलामा हाम फालेको प्रहरीले जनाएको छ ।

    आत्महत्या गर्न खोजेको र घर जान नमानेपछि अभियुक्त दाहाल र साहले भुजेललाई घाँटी थिचेर खोलामा डुबाई मारेको र शव लुकाउन खोलाको बगरमा गाडेको पनि स्वीकार गरेका सर्लाहीका प्रहरी उपरिक्षक एसपी सन्तोषसिंह राठौरले बताए । मृतक भुजेलको गाडेको अवस्थामा रहेको शव पनि अभियुक्तहरुले नै देखाएका थिए । प्रहरीले मृतक बालिका माथि करणी भए नभएको पत्ता लगाउनका लागि भजाईनल स्वाब जाँचका लागि काठमाण्डु पठाएको छ । अभियुक्तहरुले अहिले सम्म दिएको बयानमा झुठो बोलेको वा नबोलेको पत्ता लगाउन पोलीग्राफ जाँच गर्ने टोली लालबन्दी आईपुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए । भुजेलको हत्यामा अहिलेसम्म पक्राउ परेका दुई युवकको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवै युवकमाथि अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले सोमवार दोस्रो पटक ३ दिनको म्याद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले दुवै युवकविरुद्ध जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेर अनुसन्धान अघि बढाएको लालबन्दीका प्रहरी निरीक्षक थापाले बताए । यसैबिच, मृतक प्रियंका भुजेलको शव मंगलबार परिवारले बुझेर अन्त्येष्टि गरेका छन् । प्रियंकाको मंगलबार साँझ कालिन्जोर खोलास्थित निर्माणाधीन रेल्वेको पुल नजिकै अन्त्येष्टि गरिएको हो । मृतक भुजेलको शव बुझ्न मंगलबार बुवा राजेश भुजेलसँगै लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्का, वडाध्यक्ष नवराज अधिकारी लगायत सदरमुकाम मलंगवा पुगेका थिए ।उनीहरुले जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरसँग भेट गरी घटनाको अनुसन्धानलाई जारी राख्न र अनुसन्धान फितलो हुन नदिन आग्रह गर्दै मृतक बालिकाको शव बुझेर ल्याएका हुन् । भुजेलको गत वुधवार नै पोष्टमार्टम भएपनि परिवारले मंगलबार मात्र शव बुझेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑