Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 22596 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 11785 |
![]() | गिरीश गिरी | ![]() | हलो | 775 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 11463 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 2273 |
![]() | बिना जैसबाल | ![]() | हलो | 1193 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 1342 |
वीरगन्ज ।एनआईसी एशिया बैङ्कले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासमा अधिकांश परिसूचकहरू उत्साहपूर्ण रहेको जनाएको छ । कोभिड–१९ को चुनौतीका बीच आ.व. २०७७/७८ मा यस बैङ्कले कर्जातर्फ करिब रु. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रु. २६५ अर्ब पु¥याउन सफल भएको छ । यो २७ वटै वाणिज्य बैङ्कहरू मध्ये सबैभन्दा धेरै रहेको बैङ्कको दाबी छ ।
बैङ्कले आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैङ्क सफल भएको छ । बैङ्कको कुल कर्जामा रु. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ । बैङ्कले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ । बैङ्कले आ.व. २०७७/७८ मा ४६६,४९५ नयाँ ग्राहक सङ्ख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैङ्कको कुल २८ लाख २७ हजार भन्दा बढी खाताहरू बनाएको छ ।
खुद ब्याज आम्दानीतर्फ अन्य वाणिज्य बैङ्कहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने चल्ती तथा बचत निक्षेपमा तेस्रो स्थानमा रहेको छ र खुद नाफा एवं प्रति शेयर आम्दानीमा चौथो स्थान ओगट्न सफल भएको छ । बैङ्कको भौतिक र डिजिटल कारोबारको अनुपात ७९ः२१ पुगेको छ । जुन आ. व. २०७६/७७ मा ७०ः३० रहेको थियो ।