वीरगन्ज । यस वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ ।
यद्यपि परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भएपनि भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ ।