• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नेप्से पाँच दिनमा २७ अंकले मात्रै बढ्यो

  • वीरगंज संजाल
  • Aug 7, 2021, 7:13 am
  • ४१६१

    वीरगन्ज ।यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६४ अर्बको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने दिन नजिकिँदै गर्दा लगानीकर्ताले समेत यस साता पर्ख र हेरको रणनीति अपनाएको देखिन्छ । गत साताको तुलनामा यस साता कारोबार रकम र सूचक दुवै सुस्त देखिएको छ ।

    राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला संसद्को अर्थ समितिले पुँजी बजारमा नकारात्मक प्रभाव नपर्नेगरी मौद्रिक नीति तर्जुमा गर्न केन्द्रीय बैंकलाई निर्देशन दिएपछि अबको बजारमा अझै सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, असारमा करेक्सन आएको बजारमा साउन लागेसँगै सुधारोन्मुख देखियो ।

    बैंकमा रहेको अधिक तरलता, सस्तो ब्याजदर र सेयर बजारको प्रमुख सिजन सुरु हुनुलगायतका कारणले बजारमा उत्साह देखिएको जानकार बताउँछन् । सातामा केही करेक्सन आए पनि नेप्सेले अझै माथिल्ला बिन्दुहरू तय गर्ने अनुमान गरिएको छ ।

    साताभर ६४ अर्बको सेयर कारोबार

    नेप्से सूचकसँगै कारोबार रकममा समेत वृद्धि आएको यो साता २ सय ३४ कम्पनीको ६४ अर्ब ५२ करोड ८७ लाख २१ हजार १ सय १३ रुपैयाँबराबरका १३ करोड १० लाख २४ हजार ८ सय ७१ कित्ता सेयर कारोबार भएका छन् । गत साता नेप्से सूचकसँगै २ सय ३५ कम्पनीको ६७ अर्ब ७४ करोड ६ लाख ४९ हजार १ सय ५९ रुपैयाँबराबरका १६ करोड ७५ लाख ६६ हजार १ सय १४ कित्ता सेयर कारोबार भएका थिए । त्यस्तै, बजार पुँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोडबाट बढेर ४३ खर्ब ३७ अर्ब १० करोड ३० लाख ६० हजार पुगेको छ ।

    साताको पाँच दिन कारोबार भएको सेयर बजारमा लगातार चार दिन बढ्दा एक दिन मात्रै घटेको हो । साताको पहिलो दिन आइतबार ३ हजार ७९ दशमलव ८३ को बिन्दुबाट सुरु भएको नेप्से सूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव शून्य ६ कोे बिन्दुमा आइपुगेको थियो । सोमबार भने ४ दशमलव शून्य ६ अंकले बढेको बजारमा मंगलबार भने २६ दशमलव शून्य २ अंकको वृद्धि देखिएको हो ।

    साताको चौथो दिन बुधबार १२ दशमलव शून्य ५ अंकले बढेर साताकै उच्च बिन्दु ३ हजार १ सय २३ दशमलव १५ को बिन्दुमा आइपुगेको हो । साताको अन्तिम दिन बिहीबार भने बजारमा करेक्सन आएको थियो यस दिन १६ अंकले बजार घटेर ३ हजार १०७ दशमलव ४५ को बिन्दुमा आइपुगेको हो । साताभर उतारचढाव आएको बजारमा नेप्से सूचक गत साताको अन्तिम दिनको तुलनामा २७ दशमलव ६२ अंकले मात्रै बढेको छ ।

    यस साता नेप्सेमा पाँचवटा कम्पनीको बोनस सेयर र दुईवटा कम्पनीको प्राथमिक सेयर सूचीकृत भएको छ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर रहेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ दशमलव शून्य ६ कित्ता, प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५ दशमलव ६० कित्ता, नाडेप लघुवित्तको ३ लाख ६८ हजार कित्ता र मिथिला लघुवित्तको १ लाख ४६ हजार ८९ दशमलव शून्य १ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२ लाख ११ हजार ५ सय कित्ता र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १५ लाख कित्ता प्राथमिक सेयर नेप्सेमा सूचीकृत भएका छन् ।

    त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको अन्तिम दिनको तुलनामा ८ दशमलव १५ अंकले बढेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑