सोमवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा उक्त रिटको पेसी तोकिएको छ ।
निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई पार्टी आधिकारिकता दिएपछि ठाकुरले आफूमाथि अन्याय भएको भन्दै अदालतमा आयोग र यादव पक्षलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।