• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मकवानपुरमा बेपत्ता मानिसको संख्या बढ्दै

  • वीरगंज संजाल
  • १७ श्रावण २०७८, आईतवार २२:३७
  • ६२६५

    मकवानपुर | मकवानपुर जिल्लामा मानिस बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखाका अनुसार जिल्ला प्रहरीमा मानिस हराएको भन्दै निवेदन दिनेको संख्या बढ्दै गएको छ । शाखा प्रमुख प्रहरी निरीक्षक चूडा खड्काका अनुसार पछिल्लो एक वर्षमा हराएका २५ जना व्यक्ति अझै बेखबर छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बेपत्ता हुने संख्या बढेसँगै निवेदन​को संख्या पनि बढेको तथ्यांकले देखाएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा बेपत्ता हुनेको संख्या बढेको देखिन्छ ।

    मकवानपुरमा गत आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ८६ जना बेपत्ता भएका थिए । यस आर्थिक वर्षमा २ सय ५९ जना फेला पर्न सफल भएका छन् । बेपत्ता भएका मानिसमध्ये अझै २५ जना फेला नपरेको प्रहरीले जनाएको छ ।

    यो तथ्यांक अघिल्लो वर्षको भन्दा १० जना बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा २ सय ७६ जना बेपत्ता भएकामध्ये २ सय ६१ जना फेला परेका थिए । अघिल्लो आर्थिक वर्षका हराएकामध्ये १५ जना अझै फेला परेका छैनन् ।

    गत आर्थिक वर्ष २०७७÷७८ को महिनागत तथ्यांक अनुसार श्रावणमा महिला २२ जना बेपत्ता भएकामध्ये जिल्ला प्रहरी कार्यालयले २१ जना फेला पारेको छ । भदौ महिनामा ७ जना बेपत्ता भएकामा सातैजना फेला पार्न सफल भएको छ । यसैगरी असोज महिनामा २५ जना बेपत्ता भएकामध्ये २३ जना फेला परेका छन् । २ जना अहिलेसम्म पनि फेला पार्न सकिएको छैन ।

    कार्तिकमा महिनामा २२ जना बेपत्ता भएकामध्ये २१ जना फेला परेका छन् । मंसिरमा २३ जनामध्ये २२ जना फेला परेका छन् । यसैगरी, पुसमा २८ जनामध्ये २६ जना फेला परेका छन् । माघमा २१ जनामध्ये १८ जना फेला परेका छन् ।

    फागुन महिनामा ३३ जनामध्ये ३१ जना फेला परेका छन् । चैत्र महिनामा ३२ जना मध्ये २८ जना फेला परेका छन् । त्यस्तै, वैशाखमा महिनामा ४० जनामध्ये ३४ जना फेला परेका छन् । यसैगरी  जेष्ठ महिनामा १३ जनामध्ये १३ जना नै फेला परेका छन् भने आषाढ महिनामा २० जनामध्ये १७ जना मात्रै फेला परेका छन् ।

    दिनहुँ आउँछन् निवेदन

    मकवानपुरमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही पत्नी र बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन आउने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला र बालबालिका बेपत्ता भएको निवेदन दैनिक रुपमा बढ्दो रहेको केन्द्र प्रमुख प्रहरी निरीक्षक चूडा खड्काले जानकारी दिइन् । खड्काका अनुसार जिल्लाका सहरी र ग्रामीण क्षेत्रका बासिन्दाको कमजोर आर्थिक स्थिति, घरायसी समस्या र चेतना अभावले गर्दा मानिस हराउने गरेको देखिन्छ ।

    प्रहरी निरीक्षक खड्काका अनुसार कोही परिवारसँग पूरै सम्पर्कविहीन भएर हराएको देखिन्छन् भने अधिकांश परिवारले शंका गरेकै कारण व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् । घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारण  महिलाहरु  हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । आफ्नो परिवार हराएपछि जिल्ला प्रहरी कार्यालयमा गुहार माग्दै खोजबिन गरिदिन निवेदन दिने गरेका छन् । तर, हराएको व्यक्ति घर फर्केपछि प्रहरीलाई जानकारी नदिँदा पनि तथ्यांकमा धेरै देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑