वीरगन्ज ।अमेरिकाको अलास्का प्रायद्वीपमा बुधवार ८ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।भूकम्पपछि हवाईमा सुनामीको चेतावनी जारी गरिएको छ ।होनोलूलू स्टार एडभरटाइजरका अनुसार प्रशान्त सुनाती चेतावनी केन्द्रले ८ दशमलव १ को तिब्रताको झड्का मापद गरेको छ ।
सेन्टरका अनुसार अहिले हवाईमा सुनामीको खतरा छ कि छैन भन्ने कुराको परीक्षण भैरहेको छ ।उता, यूएस जियोलोजिक सर्वेले भूकम्पको मापन ८ दशमलव २ रेक्टर स्केल भएको बताएको छ ।भूकम्पको केन्द्र अलास्कामा पेरीभिलबाट ९१ किलोमिटर पूर्व–दक्षिण पूर्व भएको बताइन्छ ।
भूकम्पको केन्द्र समुद्र सहतभन्दा २९ माइल तल भएको बताइन्छ ।यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त क्षेत्रमा आधा घण्टा भित्रमा तीन पटक झट्का महसूस गरियो ।पहिलो ८ दशमलव २ तिब्रताको झट्का आयो ।त्यसको आधा घण्टापछि ६ दशमलव २ तथा ५ दशमलव ६ रेक्टर स्केलको तिब्रता महसूस गरियो ।प्रशान्त सुनामी चेतावनी केन्द्रको तर्फबाट के भनिएको छ भने सुनामीको सम्भावित खतराको परीक्षण भैरहेको छ ।
सामान्यतया समुद्र सतहमा भूकम्प आएपछि सुनामी आउने गरेको छ ।उक्त सुनामी भूकम्पको केन्द्रभन्दा टाढा तटीक्ष क्षेत्रहरुमा पनि विनाशकारी हुनसक्छ ।प्रारम्भिक भूकम्पिय तथ्यांकका अनुसार उक्त भूकम्पको केन्द्रको क्षेत्रमा भएका प्राय: सबैले व्यापक रुपले भूकम्पको झट्का महसूस गरेको हुनुपर्छ ।प्रतिकृया दिनुहोस