Birgunj sanjal | मेयर पदका उम्मेदवारहरू | Birgunj sanjal | पार्टी चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | राजेशमान सिंह | ![]() | छाता | 22596 |
![]() | विजयकुमार सरावगी | ![]() | सुर्य | 11785 |
![]() | गिरीश गिरी | ![]() | हलो | 775 |
Birgunj sanjal | उपप्रमुख पदका उम्मेदवारहरू | Birgunj sanjal | चुनाव चिन्ह | कुल मत |
---|---|---|---|---|
![]() | इम्तियाज आलम | ![]() | गाछी | 11463 |
![]() | पुरुषोतमलाल झा | ![]() | साइकल | 2273 |
![]() | बिना जैसबाल | ![]() | हलो | 1193 |
![]() | रम्भा मिश्रा | ![]() | गुलाफ | 1342 |
वीरगन्ज । सेयर बजार परिसूचक नेप्से मंगलबार २९ अङ्क माथिले बढेको छ । गत सोमबारको ८.२४ अङ्कको करेक्सनसँगै आज मंगलबार नेप्से परिसूचक अधिकतम २९.२४ अङ्कले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत ३.१९ अङ्कले बढेर ५७४.३० विन्दुमा पुगेको छ ।
यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै जसो समूह धनात्मक (पोजेटिभ) हुँदा १५ अर्ब माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार कित्ता माथिको सेयर १ लाख ४१ हजार पटक भन्दा बढी किनबेच हुँदा १५ अर्ब १७ करोड माथिको कारोबार भएको छ ।
गत सोमबार ८.२४ अङ्कले घटेको बजारमा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।