• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्वकै पहिलो एन्टीभाइरस म्याकाफीका निर्माताले गरे जेलभित्र आत्महत्या

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १८:३३
  • ४२८५

    वीरगन्ज । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन् ।बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका बीबीसीले उल्लेख गरेको छ ।कर छली गरेको अभियोगमा छानविनका लागि अमेरिका सुपुर्दगी गर्ने स्पेनी अदालतको फैसलाको केही घण्टापछि उनी जेलभित्रै मृत अवस्थामा भेटिएका हुन् ।स्पेनको न्याय मन्त्रालयले जेलभित्र अचेत अवस्थामा फेला परेका उनलाई डाक्टरहरुले बचाउने कोसिस गरेपनि सफल भएन ।

    प्राप्त प्रमाणहरुका आधारमा म्याकाफीले आत्महत्या गरेको देखिएको न्याय मन्त्रालयले जनाएको छ ।प्रविधि जगतका विवादास्पद व्यक्तित्व म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर McAfee VirusScan बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो । उनले आफ्नो उक्त एन्टीभाइरस कम्पनी ७ अर्ब ६० करोड डलरमा इन्टेललाई बेचेका थिए ।

    सन् २०२० को अक्टोबरमा जहाजबाट टर्कीतर्फ उड्ने क्रममा जोन म्याकाफी स्पेनमा पक्राउ परेका थिए । उनीमाथि अमेरिकामा पछिल्लो चार वर्षसम्म कर नतिरेको अभियोग थियो । परामर्श सम्बन्धी काम, प्रवचन, क्रिप्टो करेन्सी तथा आफ्नो आत्मकथा किताबको बिक्री लगायतबाट दशौँ लाख डलर आम्दानी गरेपनि उनले कर तिरेका थिएनन् ।अमेरिकी न्याय मन्त्रालयका अनुसार उनले आफ्नो आम्दानी बैंक अकाउन्ट तथा क्रिप्टोकरेन्सी सटही अकाउन्टमा इच्छाएको व्यक्तिको नाममा भुक्तानी लिएर कर छली गर्ने गरेका थिए ।साथै उनले पानी जहाज, घरजग्गालगायतका सम्पत्तिहरु लुकाएको र अरुको नाममा राखेको आरोप पनि लागेको थियो ।

    बुधबार स्पेनको राष्ट्रिय अदालतले म्याकाफी विरुद्धको मुद्दामा फैसला गर्दै करछलीको विषयमा अनुसन्धानका लागि उनलाई अमेरिका सुपुर्दगी गर्ने आदेश गरेको थियो ।पछिल्ला वर्षहरुमा म्याकाफीले आफूमाथि षडयन्त्र भएको बताउने गरेका थिए । तर स्पेनी अदालतले चाहिँ अमेरिकामा उनीमाथि राजनीतिक तथा वैचारिक कारणले कुनैपनि खतरा नरहेको ठहर गरेको छ ।बेलायतमा जन्मिएका जोन म्याकाफी सन् १९८० को दशकमा आफ्नो प्रविधि कम्पनी स्थापना गरेर विश्वकै पहिलो एन्टीभाइरस McAfee VirusScan बजारमा ल्याएसँगै चर्चाको शिखरमा पुगेका थिए ।कम्प्युटर सुरक्षाको क्षेत्रका संस्थापक व्यक्तित्व भएपनि उनले एकपटक बीबीसीसँगको अन्तर्वार्तामा आफूले आफ्नो कम्प्युटरमा कुनैपनि एन्टीभाइरस हाल्ने नगरेको बताएका थिए ।

    सन् २०१३ मा बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेका थिए ‘मैले मेरो आईपी एड्रेस निरन्तर परिवर्तन गरेर आफ्नो कम्प्युटर प्रणालीलाई सुरक्षित बनाउने गर्दछु । आफूले प्रयोग गर्ने कुनैपनि डिभाइसलाई आफ्नो नामसँग जोड्दिन र भाइरस हुनसक्ने कुनैपनि वेबसाइट खोल्दिन । मैले कहिल्यैपनि पोर्न साइट खोल्दिन ।’उनले सन् २०१६ तथा २०२० को अमेरिकी राष्ट्रपति चुनावमा लिबर्टारियन पार्टीको तर्फबाट उम्मेदवार हुने असफल प्रयास पनि गरेका थिए ।सन् २०१९ मा उनले करप्रतिको आफ्नो अनिच्छा प्रकट गर्दै एक ट्वीट गरेका थिए । जसमा उनले कर असूल्ने कार्य गैरकानूनी रहेको हुँदा आफूले ८ वर्षदेखि कर चुक्ता नगरेको बताएका थिए ।सोही वर्ष उनी हतियार ल्याएको आरोपमा केही समय डोमिनिकन रिपब्लिकमा पक्राउ परी हिरासतमा बसेका थिए ।

    बीबीसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑