वीरगञ्ज । पर्साको पकाहमैनपुर गाउँपालिकामा सचेत युवा समाज पकाहमैनपुर र नेपाल हेल्थ सेवाको सयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सचेत युवा समाज पकाहमैनपुर र नेपाल हेल्थ सेवाको सयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ४ जना महिलासहित १ सय जनाले रक्तदान गरेको सचेत युवा समाज पकाहमैनपुरमा आबध दिलिप चौहानले बताउनु भएको छ ।
सचेत युवा समाज पकाहमैनपुरका अध्यक्ष अनिल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुभम कुमार पाण्डे, सिता जैसवाल, जाकिर हुसैन, विक्कि दास, मकबुल आलम, सन्दिप सहनी, सरीता मण्डल, सुनिता देवी कुश्वाहा, सविता देवी वर्णवाल लगायतले रक्तदान गरेका छन् ।
नेपाल हेल्थ सेवाका अध्यक्ष संगम पण्डितको सक्रियता र पकाहमैनपुर गाउँपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसिया, उपाध्यक्ष कुसमी देवी, जनप्रतिनिधि एवम् स्थानीय बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक सहायक शेखर गुप्ता, शिवपुजन यादव, मनिष गुप्ता लगायतले प्राविधिक सहयोग गरेका थिए ।