• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तरिक्षको फोहोर खसेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७८, बिहीबार ११:४०
  • २५३३

    वीरगन्ज । निजी कम्पनीहरुको आगमनसँगै अहिले अन्तरिक्षमा यानहरुको आवागमन पनि बढिरहेको छ । यो सँगै पृथ्वीको कक्षबाट अन्तरिक्ष फोहोरको रुपमा स्याटेलाइटका टुक्रा, यान तथा स्पेस स्टेसनका फोहोरका टुक्राहरु समेत पृथ्वीमा खस्ने क्रम बढ्नेछ । हालै २० हजार किलो तौल भएको चिनियाँ स्याटेलाइटको भिमकाय टुक्रा अनियन्त्रित भएर माल्दिभ्स नजिकैको हिन्द महासागरमा खस्यो । यसअघि सन् २०२० को मे महिनामा पनि चीनको एक अर्को रकेट पनि अनियन्त्रित भएर पश्चिमी अफ्रिकी तटमा खसेको थियो।

    यस्ता दुर्घटनाहरु बढ्दै जाँदा त्यसले पूराउने क्षतिको चिन्ता पनि बढ्दैछ । आखिर के यस्ता दुर्घटनाबाट हुने नोक्सानीको क्षतिपूर्ति प्राप्त हुन्छ त ? के संसारमा यस्तो कुनै अन्तर्राष्ट्रिय कानून छ जसले यस्ता खाले दुर्घटनालाई सम्बोधन गर्दछ ? यसको जवाफ हुन्छ, छ । विभिन्न देशका सरकारहरुले आपसी सहमतिमा यस्तो कानूनको निर्माण गरी मान्यता दिएका छन् । उक्त कानूनले अन्तरिक्ष फोहोरबाट हुने धनजनको क्षतिबाट बँचाउने तथा क्षतिको क्षतिपूर्ति दिने प्रावधान समेटेको छ ।

    के हो अन्तरिक्ष फोहोर

    अन्तरिक्षमा मानव निर्मित यस्तो कुनैपनि वस्तु जो निस्क्रिय भएर पृथ्वीको कक्षको चोरैतर्फ घुमिरहेको छ, त्यसलाई नै अन्तरिक्ष फोहोर अर्थात् स्पेस डेब्रिस भनिन्छ । एक अनुसन्धान अनुसार सन् २०२० को जनवरीसम्ममा पृथ्वीको कक्षमा ८ हजार मेट्रिक टन भन्दा धेरै अन्तरिक्ष फोहोर जम्मा भइसकेको छ ।

    यस्ता फोहोरका टुक्रा कक्षबाट उछिट्टिएर पृथ्वीतर्फ अनियन्त्रित भएर खस्ने घटनाहरु बढिरहँदा धेरैको चिन्ता छ कि के यस्ता घटना रोक्न सकिन्छ ? अनि यसबाट हुने क्षतिको पूर्ति कसले गरिदिन्छ ? वैज्ञानिकहरुका अनुसार यसका लागि तीनवटा महत्वपूर्ण कदम उठाउनु आवश्यक छ । पहिलो आधिकारिक संस्थाहरुले यस्तो खतरनाक परिस्थितिलाई रोक्ने काम पहिलेदेखि नै गर्नुपर्दछ । दोश्रो, नियम तथा प्रोटोकलहरुको पालना र निगरानीका लागि प्रारुप तयार पार्नु पर्दछ । तेश्रो, यदि यस्ताखाले दुर्घटना भएमा अन्तर्राष्ट्रिय संस्थाहरुको जिम्मेवारी तयार गर्नका लागि पनि एक रुपरेखा तयार गर्नु पर्दछ ।

    अन्तरिक्षयान घरमाथि खस्यो भने के हुन्छ ?

    यदि कुनै देशको अन्तरिक्ष यान तपाइँको घरमाथि खस्यो वा दुर्घटनाग्रस्त भयो भने यस्तो दुर्घटनाको लागि पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता अर्थात् कानून उपलब्ध छ । वर्तमान अन्तरीक्ष कानून भनेको सन् १९७६ को बाह्य अन्तरीक्ष सन्धी (इगतभच क्उबअभ त्चभबतथ) र सन् १९७२ को दायित्व महासन्धि (Liability Convention) हुन् । यी दुबै कानूनलाई अमेरिकाले पनि स्विकार गरेको छ । यी सन्धी सम्झौता अनुसार यदि कुनै देशको अन्तरीक्षयान क्षतिग्रस्त वा दुर्घटनाग्रस्त भएर कुनैपनि अन्य देशको सिमानाभित्र खस्यो भने त्यो विषय ती दुई देशबीचको मुद्दा बन्दछ ।

    यस्तो दुर्घटनाको लागि अन्तरीक्ष फोहोर उत्पादक मुलुक अन्तराष्ट्रिय स्तरमा जिम्मेवार बन्दछ र भएको क्षतिको क्षतिपूर्ति दिनु पर्दछ । भलै त्यस्तो क्षति उक्त देशको निजी कम्पनीद्वारा भएको किन नहोस् । जस्तो एलन मस्कको कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको यान कुनै मुलुकमा खसेर क्षति भएका त्यसको क्षतिपूर्ति अमेरिकाले तिर्नुपर्दछ ।

    कसरी कार्यान्वयन हुन्छ कानून ?

    यस कानून अनुसार अन्तरिक्ष फोहोर खसेर क्षति भोगको पीडित मुलुकले कुनै अन्तरिक्षयानको फोहोर वा क्षतिग्रस्त टुक्रा पृथ्वीको सतहमा वा आकाशमै उडिरहेको आफ्नो जहाजमा खसेर कति क्षति पुरायो भन्ने कुरा सावित गर्नुपर्ने आवश्यकता हुँदैन । राजनीतिक स्तरमा दुई मुलुकबीच कुराकानी भएर क्षतिपूर्तिको प्रक्रिया अगाडि बढ्छ ।

    रुसले दिएको थियो २९ करोड रुपैयाँ

    सन् १९७८ मा सोभियत संघको कसमस ९५४ स्याटेलाइट क्यानडाको उत्तर पश्चिमी क्षेत्रस्थित खाली जमिनमा खसेको थियो । दुर्घटनापछि उक्त यानको परमाणु रियक्टरबाट रेडियाधर्मी फोहोर त्यस क्षेत्रको ठूलो भागमा फैलियो । अमेरिका तथा क्यानडाको संयुक्त टीमले उक्त रेडियोधर्मी फोहोरलाई हटाए, जसका लागि त्यस समयको १ करोड ४० लाख क्यानेडियन डलर अर्थात् झण्डै १ अर्ब ३४ करोड रुपैयाँ बराबरको रकम खर्च भएको थियो । तत् पश्चात् क्यानडाले सोभियत संघ समक्ष ६० लाख क्यानेडियन डलर क्षतिपूर्ति माग गर्‍यो। अन्ततः सोभियत संघले समझदारी अनुरुप क्यानडालाई ३० लाख क्यानेडियन डलर अर्थात् २९ करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति दिएको थियो ।

    दायित्व महासन्धि अन्तर्गत बनेका सन्धि सम्झौताको उपयोग गरी यसरी क्षतिपूर्ति दिएको यो नै पहिलो र हालसम्मको एकमात्र घटना हो । कुनै देशको अन्तरिक्षयान तथा अन्तरिक्ष फोहोर अरु कुनै देशमा दुर्घटनाग्रस्त भएको एकमात्र घटना पनि त्यहीँ हो ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑