वीरगन्ज । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्न लागेको छ ।
मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजना रकम मुद्दती र कल निक्षेपमा राख्न लागेको जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दती तथा कल निक्षेपमा लगानी गर्ने भन्दै आइतबार सर्कुलर जारी गरेको छ ।
तथा वित्तीय संस्थाले चाहेको रकम तथा रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
लगानीका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाई जेठ ११ गतेसम्म आवेदन दिन राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरिएको छ ।