• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    खोप खरिदका लागि ३२ अर्ब ऋण

  • वीरगंज संजाल
  • May 25, 2021, 7:54 am
  • १९२५

    सरकारले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापनका लागि विभिन्न विकास साझेदारसँग ३२ अर्ब २२ करोड बराबरको ऋण सहायता प्रस्ताव गरेको छ ।
    कोभिडविरुद्धको प्रतिकार्यका लागि विभिन्न विकास साझेदारले स्वास्थ्य सामग्री र उपकरणमा सहयोग स्वरुप २ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेको भए पनि खोपका लागि बजेट अभाव हुन नदिन ऋण लिने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिडविरुद्धको प्रतिकार्यका लागि हालसम्म भएका क्रियाकलापको जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एसियाली विकास बैंक र विश्व बैंकसँग सहयोगका लागि प्रस्ताव गरेको बताए ।
    मन्त्री त्रिपाठीका अनुसार, ऋण सहायताअन्तर्गत कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि विश्व बंैकबाट ३ अर्ब ४८ करोड रुपैयाँ सहायाता कार्यान्वनको क्रममा रहेको छ भने खोप व्यवस्थापनका लागि ९ अर्ब बराबरको ऋण सहायता उपलब्ध गराउने सम्बन्धमा सम्झौता भइसकेको छ ।
    यसैगरी कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि एसियाली विकास बैंकसँग १९ अर्ब ८० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने वबषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यसरी जम्मा हुने ३२ अर्ब २० करोड ऋण सहायता खोप व्यवस्थापनका लागि परिचालन गरिने सरकारले जनाएको छ । हालसम्म खोप अभियानका लागि ३२ लाख ४८ हजार मात्रा अनुदान र खरिदबाट प्राप्त भएकोमा २६ लाख ६५ हजार ९८७ मात्रा खोप लगाइसकिएको छ । ५ लाख ५३ हजार ५८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।
    संयुक्त राज्य अमेरिका, बेलायत, रुस, भारत र चीनसँग खोप खरिदका लागि सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ । साथै युरोपियन युनियनमा स्टक रहेका खोप प्राप्त गर्ने सम्बन्धमा संवाद अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

    सोमबार नर्वे सरकारका नेपालीस्थित राजदूतसँग युरोपियन युनियनसँग बाँकी रहेको खोप ल्याउन पहल गर्ने बारेमा भएको कुराकानीबाट सकारात्मक सन्देश आएको मन्त्री त्रिपाठीले जानकारी दिए । कोभिड खोप सहायताअन्तर्गत मित्रराष्ट्र भारतले १० लाख डोज खोप अनुदानको रुपमा सहयोग गरेको थियो । यसैगरी चीन सरकारले ८ लाख डोज भेरोसेल खोप सहयोग गरेको छ भने कोभ्याक्स खोपअन्तर्गत ३ लाख ४८ हजार गरी २१ लख ४८ लाख खोप प्राप्त भएको छ । यसबीचमा सरकारले भारतबाट १० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो ।
    अन्तर्राष्ट्रिय बजारमा कोभिडविरुद्धको खोप सहजरुपमा उपलब्धता नभएका कारण खोप ल्याउन स्वास्थ्य मन्त्रालयबाट विविध प्रकारका पहल भइरहेको जनाएको छ । मन्त्रालयको तर्पmबाट सबै खोप उत्पादक कम्पनी रहेका देशलाई पत्रसमेत पठाइएको छ । देशभरका ठूला १४ वटा स्वदेश प्रवेश नाकामा स्क्रिनिङसहितको सहयोग तथा जानकारीमूलक काम गर्ने व्यवस्था मिलाइएको छ ।
    कोभिड संक्रमण, नियन्त्रण, उपचार र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा उपकरण, कर्मचारी जोखिम भत्तालगायतका कार्यका लागि मन्त्रालयले ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ । खोप कार्यक्रम एचडीओको लागि २ अर्ब ५४ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको छ । कोभिडको दु्रर्त कार्ययोजनाका आधारमा खोपलगायत निदान व्यवस्थापनका लाथि १४ अर्ब रुपैयाँ स्रोत सुनिश्चिता भएको छ । कोभिड–१९ उपचार र निदान व्यवस्थापनका लागि सरकारले विभिन्न आदेश र अध्यादेश जारी गरेको छ ।
    विभिन्न दातृ निकाय र संस्थाबाट आएको मध्ये स्वीट्जरलैण्डबाट ९७ करोड, अमेरिकाबाट ४३ करोड, सिंगापुरका सामाजिक संस्थाबाट २३ करोड, स्पेन सरकारबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट १३ करोड रुपैयाँ गरी लगभग २ अर्ब बराबरको स्वास्थ्य सामग्री र उपकरण सहयोग नेपालले प्राप्त गरिसकेको छ ।
    नेपालका कोभिड संक्रमण नियन्त्रण गर्न जर्मन सरकारले १ अर्ब ४२ करोड, एसियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट २४ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त भइसकेको छ भने जापान सरकारले ३ अर्ब २० करोड गरी ५ अर्ब २२ करोडको उपकरण सहायता दिने क्रममा रहेको छ ।कारोबार बाट सभार गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑