भारत | पछिल्ला केही हप्तादेखि भारतमा कोरोना भाइरसको महामारी अति भयावह र गम्भीर बन्दै गएको छ। अस्पतालहरु थप सेवा प्रदान गर्न नसक्ने अवस्थामा पुगेका छन्। बिरामीहरुले अक्सिजन पाएका छैनन्।
दैनिक साढे तीनलाखको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। कोभिड–१९ का कारण दैनिक रुपमा झण्डै तीन हजार मानिसको ज्यान गइरहेको छ।
ज्यान गुमाएकाहरु मध्येलाई भेन्टिलेटर तथा आइसियू बेड र अक्सिजन पाएको भए बचाउन सकिने डाक्टरहरुले बताइरहेका छन्।
संक्रमणका कारण गम्भीर भएका आफन्तका लागि अक्सिजन नपाएको भन्दै परिवारजनले हारगुहार गरिरहेका छन्। बिरामी बोक्ने एम्बुलेन्सको पनि अभाव भएको छ।
तर संक्रमण अति भयावह अवस्थामा पुग्दा भारत सरकारले सामाजिक सञ्जालमा त्यसलाई देखाउने तस्बिर तथा सामग्रीहरु पोस्ट गर्न नपाउने वा पोस्ट भएमा हटाउन निर्देशन दिएको छ।
भारतमा अहिलेसम्म एक करोड ७३ लाख १३ हजार भन्दा धेरै पुगेको छ। कोभिड–१९ बाट अहिलेसम्म एक लाख ९५ हजार भन्दा बढि भारतीयको ज्यान गएको छ।
भारतमा कोरोना भाइरस महामारीको हालको अवस्था चित्रित गर्ने केही तस्बिरहरुः