काठमाडौँ | माओवादी केन्द्रका सांसद पदबाट निस्कासन गरेकार चार जनाले पुनः मन्त्री पदको शपथ लिएका छन्।
संघीय संसदको सदस्य नभएको व्यक्ति अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने संविधानको धारा ७८ को प्रावधानअनुसार मन्त्री नियुक्त भइ शपथ लिएका हुन्।
राष्ट्रपति विद्यादेवि भण्डारीले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र श्रम गौरीशंकर चौधरीलाई केही बेरअघि राष्ट्रपति भवन शितल निवासमा शपथ गराएकी हुन्।
उनीहरु चारै जना बिहीबार माओवादी केन्द्रको सिफारिसमा प्रतिनिधिसभा सदस्यबाट पद मुक्त भएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसदमा सुनाएका थिए।
राष्ट्रपति कार्यालयका अनुसार उनीहरुलाई साविकै मन्त्रालयको जिम्मेवारी दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा भट्ट, सहरी विकास मन्त्रालयमा साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयको जिम्मेवारी चौधरीलाई नै दिइएको छ।
संवैधानिक प्रावधानअुनसार अबको ६ महिनाभित्र उनीहरुले संघीय संसदको सदस्या प्राप्त गर्न नसकेमा स्वत पदमुक्त हुनेछन्।