सखुवाप्रसौनी, पर्सा। सखुवाप्रसौनी गाउँपालिकाको दलित समुदाय द्धारा दलित अधिकारको लागि गाउँपालिकामा ज्ञापन पत्र दिएको छ्न। दलित अधिकारको लागि दलित अधिकार दबाब समुहको अगुवाईमा ज्ञापन पत्रका दिएको छ।
सखुवाप्रसौनी गाउँपालिकाले अहिलेसम्म दलित समुदायको लागि केहि खासै कार्य गरेको छैन। यस गाउँपालिकामा रहेकोे दलित समुदाय स्थानीय सरकार , जनप्रतिनिधिगरु बाट नै पीडित रहेकोे छ्न दलित अधिकार दबाब समुह वडा-४ को संयोजक नागेन्द्र पासवानले बताए ।
दलित मैत्री बजेट निर्माण , दलित समुदाय बाट संकलन गरिएको ७००/८०० रकम फिर्ता गर, दलित मैत्री गाउँपालिका निर्माण , सामाजिक न्याय कायम गर, गैर सिलिन्डर वितरण गर, उच्च शिक्षा अध्ययन गर्ने दलित बालबालिका लाई छात्रवृत्ति योजना गर, डाक्टर अध्ययन गर्न ६ वटा दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर , जातीय भेदभाव तथा छुवाछूत अनुगमन समिति गठन गर , ४ वर्षमा दलितको नाममा गरिएको बजेट खर्च सार्वजनिक गर जस्ता माग्न राखी ज्ञापन पत्र गाउँपालिकामा दिएको छ।
दलित समुदायको लागि गाउँपालिका योजना तथा आगामी निति तथा कार्यक्रममा सामबेश नगरेमा चरणवद आन्दोलन गर्ने तयार छौँ दलित अधिकार दबाब समुहको गाउँपालिका संयोजक सुरेन्द्र पासवान ज्यु भन्नू हुन्छ। अहिले पनि दलित लाई शोषण , दमन , विभेद गर्ने प्रथा कायम नै रहेकोे छ। सामाजिक न्याय , सामाजिक रुपान्तरण , दलितको जीवन परिवर्तनको लागि गाउँपालिकाले केही गर्न सकेको छैन । ज्ञापन पत्र सखुवाप्रसौनी गाउँपालिकाको प्रमुख प्रदीप जैसवाललाई बुझाईएको छ। ५ दिन पछि यस ज्ञापन पत्रमा मागँ गरिएको बारेमा छलफल गरिनेछ भन्नू भएको छ। यस खबरदारी कार्यक्रम प्रत्येक वडा १-६ सम्मको दलित समुदायको उपस्थित रहेकोे थियो। वडामा गठन गरिएको दलित अधिकारको लागि दलित अधिकार दलित समुहको सक्रिय सहभागिता रहेकोे थियोे । दलित अधिकार दबाब समुहको संयोजक सुरेन्द्र पासवान , समुहको सदस्य , वडा संयोजक रामस्वरुप पासवान , प्रमेन्द्र पासवान , जयलाल राम, नागेन्द्र पासवान , श्यामकिशोर राम, रामशिश मुसहर , दलित अगुवा हिरालाल राम लगायतको दलित र युवा , महिलाको अगुवाहरुको सहभागिता रहेकोे थियोे ।