वीरगंज | प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित बढ्दै छ | पर्सा र बारामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगंजस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको ३८ जनाको स्वाब परीक्षणमा पर्साका ६ र बाराका २ गरी ८ जनामा संक्रमण पुष्टि भएको डा. सरोजरोशन दासले जानकारी दिए।
वीरगंजका ६ जना नै २० देखि ५१ वर्षभित्रका पुरुष हुन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ।
समाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार सक्रिय संक्रमितमध्ये पर्सामा २४, बारामा ७, सर्लाही र सिरहामा १/१, महोत्तरीमा २ र धनुषामा ६ जना रहेका छन्।दुई साताअघि प्रदेश २ का आठ जिल्लामा जम्मा १० जना सक्रिय संक्रमित थिए।