• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ७ महीनामा करीब ५ लाख करदाता थपिए

  • वीरगंज संजाल
  • Mar 19, 2021, 7:43 am
  • ३३२५

    काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनाको अवधिमा करीब ५ लाख करदाता थपिएका छन् । कोरोना महामारीको समयका रूपमा लिइएको यो अवधिमा पनि करदाता थपिने क्रम बढेको हो । अर्थ मन्त्रालयका अनुसार माघ मसान्तसम्ममा ४ लाख ८८ हजार करदाता थपिएका छन् ।

    यो अवधिमा खासगरी व्यवसायी स्थायी लेखा नम्बर लिने नयाँ करदाताको संख्या १ लाख ५९ छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३ लाख २५ हजार छन् । २५ सयभन्दा बढीले करकट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९४६ पुगेको छ । यो संख्या गत असारमा ३३ लाख ३७ हजार ४०० थियो ।

    चालू आवको ७ महीना अवधिमा मूल्य अभिवृद्धि करतर्फ २२ हजार ६०० र अन्तःशुल्कतर्फ दर्ता हुनेको संख्या १३ हजार ५०० छ । यससँगै मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ७ हजार ८४५ पुगेका छन् ।

    अर्थ मन्त्रालय, राजस्व महाशाखाका प्रमुख रामेश्वर दंगाल कर प्रणाली विद्युतीय माध्यममा गएकाले पनि करदाता उल्लेख्य बढेको बताउँछन् । उनका अनुसार नीतिगत सुधार नै करदाता थपिनुको मुख्य कारण हो । नयाँ करदाता थपिने क्रम बढेसँगै सरकारले राजस्व संकलनमा समेत सफलता पाउँदै गएको देखिएको छ । चालू वर्षको माघसम्म सरकारले राजस्व संकलनमा अपेक्षाकृत नै राजस्व संकलन गरेको छ ।

    अर्थ मन्त्रालयका अनुसार यो अवधिमा लक्ष्यको ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । चालू आवमा कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने सरकारी लक्ष्य छ ।

    माघसम्ममा यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो । यसमध्ये समीक्षा अवधिमा ५ खर्ब ३० अर्ब ७२ करोड संकलन भएको छ ।

    खासगरी उत्पादन, विक्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि करले सरकारलाई राजस्वको निर्धारित लक्ष्य पूरा गर्न राम्रो सघाउ पुगेको छ । यस्तो मूल्य अभिवृद्धि करमा १०९ दशमलव ९२ प्रतिशत प्राप्त गर्न सरकारले सफलता पाएको छ भने भन्सार महसुलतर्फमाघसम्मको राजस्व लक्ष्यको तुलनामा ९६ दशमलव ५२ प्रतिशत संकलन भएको छ । त्यस्तै, कुल मूल्य अभिवृद्धि करमा भने लक्ष्यको ८८ दशमलव ७५ प्रतिशत राजस्व संकलन भएको तथ्यांकमा देखिएको छ ।

    त्यस अवधिमा अन्तःशुल्कतर्फलक्ष्यको ८४ दशमलव ६८ प्रतिशत संकलन भएको छ भने आयकरतर्फ ९५ दशमलव ७४ प्रतिशत राजस्व संकलन भएको छ । गैरकर राजस्व लक्ष्यको ८२ दशमलव ३९ प्रतिशत संकलन भएको देखिन्छ ।

    माघसम्मको तथ्यांकमा भन्सार महसुल गत आवको यसै अवधिको तुलनामा २१ दशमलव १ प्रतिशतले बढेको छ । आयकर संकलन भने गत आवको यसै अवधिको तुलनामा ९ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ । केही सूचकांकमा लक्ष्य नभेटिए पनि अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा वार्षिक लक्ष्य पूरा अवश्य हुनेछ । त्यसका लागि विभागहरूले राजस्व संकलन लक्ष्य भेट्न वैकल्पिक कार्ययोजना निर्माण गर्न अर्थले विभागहरूलाई निर्देशन दिइसकेको छ । ‘वैकल्पिक कार्ययोजना विभागहरूले बनाइरहेका छन्, कार्ययोजनाअनुसार काम भए/नभएकोबारे त्यसको मन्त्रालयबाट पनि अनुगमन हुनेछ र वार्षिक लक्ष्य भेट्न सम्भव हुनेछ,’ महाशाखा प्रमुख दंगालले भने

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑