• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ७ महीनामा करीब ५ लाख करदाता थपिए

  • वीरगंज संजाल
  • ६ चैत्र २०७७, शुक्रबार ०७:४३
  • ४५०५

    काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनाको अवधिमा करीब ५ लाख करदाता थपिएका छन् । कोरोना महामारीको समयका रूपमा लिइएको यो अवधिमा पनि करदाता थपिने क्रम बढेको हो । अर्थ मन्त्रालयका अनुसार माघ मसान्तसम्ममा ४ लाख ८८ हजार करदाता थपिएका छन् ।

    यो अवधिमा खासगरी व्यवसायी स्थायी लेखा नम्बर लिने नयाँ करदाताको संख्या १ लाख ५९ छ भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३ लाख २५ हजार छन् । २५ सयभन्दा बढीले करकट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् । त्यस्तै स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको कुल संख्या ३८ लाख २५ हजार ९४६ पुगेको छ । यो संख्या गत असारमा ३३ लाख ३७ हजार ४०० थियो ।

    चालू आवको ७ महीना अवधिमा मूल्य अभिवृद्धि करतर्फ २२ हजार ६०० र अन्तःशुल्कतर्फ दर्ता हुनेको संख्या १३ हजार ५०० छ । यससँगै मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता २ लाख ७८ हजार ६२४ र अन्तःशुल्कमा दर्ता हुने करदाता १ लाख ७ हजार ८४५ पुगेका छन् ।

    अर्थ मन्त्रालय, राजस्व महाशाखाका प्रमुख रामेश्वर दंगाल कर प्रणाली विद्युतीय माध्यममा गएकाले पनि करदाता उल्लेख्य बढेको बताउँछन् । उनका अनुसार नीतिगत सुधार नै करदाता थपिनुको मुख्य कारण हो । नयाँ करदाता थपिने क्रम बढेसँगै सरकारले राजस्व संकलनमा समेत सफलता पाउँदै गएको देखिएको छ । चालू वर्षको माघसम्म सरकारले राजस्व संकलनमा अपेक्षाकृत नै राजस्व संकलन गरेको छ ।

    अर्थ मन्त्रालयका अनुसार यो अवधिमा लक्ष्यको ९६ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । चालू आवमा कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने सरकारी लक्ष्य छ ।

    माघसम्ममा यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो । यसमध्ये समीक्षा अवधिमा ५ खर्ब ३० अर्ब ७२ करोड संकलन भएको छ ।

    खासगरी उत्पादन, विक्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि करले सरकारलाई राजस्वको निर्धारित लक्ष्य पूरा गर्न राम्रो सघाउ पुगेको छ । यस्तो मूल्य अभिवृद्धि करमा १०९ दशमलव ९२ प्रतिशत प्राप्त गर्न सरकारले सफलता पाएको छ भने भन्सार महसुलतर्फमाघसम्मको राजस्व लक्ष्यको तुलनामा ९६ दशमलव ५२ प्रतिशत संकलन भएको छ । त्यस्तै, कुल मूल्य अभिवृद्धि करमा भने लक्ष्यको ८८ दशमलव ७५ प्रतिशत राजस्व संकलन भएको तथ्यांकमा देखिएको छ ।

    त्यस अवधिमा अन्तःशुल्कतर्फलक्ष्यको ८४ दशमलव ६८ प्रतिशत संकलन भएको छ भने आयकरतर्फ ९५ दशमलव ७४ प्रतिशत राजस्व संकलन भएको छ । गैरकर राजस्व लक्ष्यको ८२ दशमलव ३९ प्रतिशत संकलन भएको देखिन्छ ।

    माघसम्मको तथ्यांकमा भन्सार महसुल गत आवको यसै अवधिको तुलनामा २१ दशमलव १ प्रतिशतले बढेको छ । आयकर संकलन भने गत आवको यसै अवधिको तुलनामा ९ दशमलव ६ प्रतिशतले घटेको देखिएको छ । केही सूचकांकमा लक्ष्य नभेटिए पनि अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा वार्षिक लक्ष्य पूरा अवश्य हुनेछ । त्यसका लागि विभागहरूले राजस्व संकलन लक्ष्य भेट्न वैकल्पिक कार्ययोजना निर्माण गर्न अर्थले विभागहरूलाई निर्देशन दिइसकेको छ । ‘वैकल्पिक कार्ययोजना विभागहरूले बनाइरहेका छन्, कार्ययोजनाअनुसार काम भए/नभएकोबारे त्यसको मन्त्रालयबाट पनि अनुगमन हुनेछ र वार्षिक लक्ष्य भेट्न सम्भव हुनेछ,’ महाशाखा प्रमुख दंगालले भने

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑