• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात महिनामा २० करोड दावीसहित विभागमा उजुरी

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७७, शुक्रबार ०९:३५
  • २१७७

    वीरगञ्ज । मोरङ पथरी–९ का पदमसिंह तामाङले पोल्यान्ड जान भनेर चार लाख २० हजार रुपैयाँ एजेन्टलाई बुझाए । वैदेशिक रोजगारीमा साउदी र मलेसिया पुगेर फर्किइसकेका तामाङलाई पोल्यान्ड जाने र सुनौलो भविस्य बनाउने रहर जाग्यो । चितवन जगापुरका सन्तलामा घिसिङले पोल्यान्ड पठाइदिने भनेपछि तामाङले उनलाई पैसा दिए । सन्तले मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङ, इटहरीका देवराज अधिकारी र अनिल योञ्जनलाई पोर्चुगल पठाइदिन्छु भन्दै ४ लाख २० हजारका दरले पैसा लिए ।

    बुद्ध शान्ति गाउँपालिका–२, पाँचथरका रुद्र प्रसाद घिमिरेलाई सिंगापुर जान भनेर झापाका डम्वर चौधरीलाई ६ लाख रकम बुझाए । उनलाई एकवर्ष अगाडि सिंगापुर पठाइदिने भन्दै मलेसियासम्म पुर्याएर नेपाल नै फर्काइयो । नेपाल फर्किए पछि घिमिरेले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी गरे । यस्तै काठमाडौं महानगरपालीका–६ का पेमा डिकी शेर्पालाई जापान पठाइदिने भन्दै पुस्पलाल निर्मल श्रेष्ठले १६ लाख २० हजार रुपैयाँ लिए । तर, पैसा लिएको महिनौं बितिसक्दा पनि जापान नपठाएपछि गत मंसिर १५ गते विभागमा उजुरी दिएका छन् ।

    विदेश पठाउन भन्दै साउनदेखि पुससम्म १६१ वटा व्यक्तिगत ठगिको उजुरी विभागमा परेको छ । पीडितले साउनदेखि पुससम्म मात्रै १५ करोड ३३ लाख ७५ हजार ८१ रुपैयाँ माग दावीसहित उजुरी दिएका छन् । जसमध्ये ५८ जनाले १० करोड ५४ लाख २९ हजार ५०० रकम विगो दावीसहित अदालतमा मुद्दा दायर भएको छ ।

    यस्तै गत माघ माहिनामा मात्रै ४ करोड ३६ लाख २० हजार रुपैयाँको दावीसहित विभागमा ६३ वटा उजुरी परेका छन् । जसमध्ये ६ जनाले ९ करोड ४४ लाख विगो दावीसहित अदालतमा मुद्दा दायर गरेका छन् । साउनदेखि माघ मसान्तसम्ममा २२४ जनाले १९ करोड ६९ लाख ९५ हजार रुपैयाँ दावीसहित विभागमा उजुरी परेका छन् । जसमध्ये ११ करोड ४८ लाख ६९ हजार ५ सय दावीसहित अदालतमा मुद्दा परेको छ ।

    मंसिरदेखि यता विभागले ३१ वटा मेनपावरमा विभागको अनुगमन शाखाले अनुगमन गरेको छ । जसमध्ये ६ वटा मेनपावरमा मात्रै केही नभेटिएको विभागले जनाएको छ । अनुगमन भएका मध्ये ७ वटा मेनपावर जरिवानामा परेका छन् । १३ वटा वटा मेनपावरको कारोबार रोक्का भएका छन् । मंसिरदेखि यता ४ वटा कम्पनीको कारोबार फुकुवा भएको विभागले जनाएको छ ।

    कोरोनाको खोप सुरु भएसँगै युवा विदेश जानका लागि मेनपावर र दलालको सम्पर्कमा पुग्ने गरेका छन् । विदेश पठाइदिन्छु भन्दै मोटो रकम लिएर विदेश नपठाउने, अलपत्र पार्नेहरुलाई विभागले अनुगमन गर्दै आएको छ ।

    विभागको कारबाहीले मेनपावर व्यवसायी रुष्ट
    विभागले मेनपावर कार्यालयहरुमा छापा हान्ने क्रम बढाएसँगै रुष्ट बनेका व्यवसायीहरु केही समय अगाडि महानिर्देशको कार्यकक्षमै पुगेर विरोध जनाएका थिए । छापा हान्नुभन्दा अगाडि व्यावसायी संघलाई सोध्नु पर्नेदेखि वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिवर्तन गर्नु पर्ने मागसहित २१ बुँदे माग राखेका छन् । हालसम्म व्यावसायीको समस्या समाधानको लागि छुट्टै समिति बने पनि माग सम्वोधन हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑