• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली सिनेमामा महिला निर्देशक : को कति सफल ?

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार १७:२६
  • ३५२१

    वीरगञ्ज । नेपालमा बनेको पहिलो चलचित्र, आमा । त्यसपछिका सूची केलाउँदै जाने हो भने क्रमश: यी नामहरु भेटिन्छन्–माइतीघर, कुमारी, सिन्दुर, कान्छी, बेहुली, चेलीबेटी, तिलहरि, कन्यदान । नारीलाई प्रतिनिधित्व गर्ने यी नामहरुले उनीहरुको जीवन–भोगाइ र भावनालाई कति समेट्न सक्यो ?

    यो प्रश्न किन पनि अर्थपूर्ण हुनसक्छ भने त्यसताका बन्ने चलचित्रहरुमा पुरुषको हालीमुहाली हुन्थ्यो । कथा, पटकथा लेख्नेदेखि निर्देशकसम्म पुरुषको वर्चश्व थियो । चलचित्र निर्माणको ६ दशक लामो इतिहासमा नेपाली चलचित्रले पुरुष एकत्व तोड्न धेरै अवधी कुर्नुपर्‍यो ।

    २०५८ सालमा सुचित्रा श्रेष्ठले पहिलो पटक नेपाली सिनेमाको कप्तानी सम्हालिन् । यद्यपि उनी निर्देशित चलचित्र ‘प्रेमयुद्ध’ महिलाको भावना प्रतिनिधित्व गर्ने चलचित्र थिएन ।

    २०७१ सालमा रेखा थापा निर्देशकको रुपमा प्रकट भइन्, ‘हिम्मतवाली’बाट । त्यसपछि उनले ‘मालिका’ निर्देशन गरिन् । यी दुबै चलचित्रले महिला सशक्तिकरणको मुद्धालाई उठाएको थियो ।

    संख्यात्मक हिसाबले कम भएपनि आजको दिनमा महिलाले निर्देशन गरेका चलचित्रले बजारमा बलियो पकड बनाउँदै गएको छ । तर, महिलाको जीवन–भोगाइ वा मुद्धा जसरी ग्ल्यामराइज्ड गर्ने काम भएको छ, त्यस अनुरुप यसलाई मूल मुद्दाको रुपमा अघि बढाउन सकेको छैन ।

    रेखासँगै समानान्तर रुपमा अगाडि आएकी दीपाश्री निरौलाले ‘छक्का पञ्जा’बाट निर्देशनमा पाइला हालिन् । ‘छक्का पञ्जा’ ब्लकबस्टर रह्यो । ‘छक्का पञ्जा’को तीन वटा श्रृङ्खला उनैले निर्देशन गरिन्, जो अपेक्षाकृत चल्यो पनि । तर, यसमा न महिलाको कथालाई प्राथमिकतामा राखियो, न शीर्ष भूमिकामा नै दिइयो ।

    कति सफल/कति असफल ?

    पछिल्लो समय नेपाली चलचित्रमा महिला निर्देशकको संख्या कम भएपनि बजारमा पकड भने बलियो बन्दै गएको छ । व्यवसायिक हिसाबले सफल मानिएका ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’, ‘हिम्मतवाली’, ‘इन्टि मिन्टु लण्डनमा’ चलचित्रका कप्तानी महिलाले नै सम्हालेका थिए । तर, अधिकांश महिला निर्देशक एकाध चलचित्रभन्दा अगाडि बढ्न सकेका छैनन् । पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ नै एउटै चलचित्रमा सीमित बनिन् । त्यसपछि आएका धेरैजसो महिला निर्देशकको नियति पनि उस्तै छ ।

    निर्देशकको रुपमा रक्षा सिंह राणाले चलचित्र ‘दि गेम’बाट डेब्यू गरिन् । यो चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । रक्षा हाल चलचित्र निर्देशक समाजको अध्यक्ष बनिसकेकी छिन् । उनलाई पनि चलचित्र निर्देशनमा अगाडि बढ्न धौ–धौ नै पर्‍यो ।

    निर्देशककै रुपमा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार पनि देखापरिन् । उनले नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा लिएर ‘मेघा’ निर्देशन गरिन् । यस्तै, उनकै निर्देशनमा चलचित्र ‘फागू’ पनि बन्यो । दुबै चलचित्रले आशातीत व्यापार गर्न सकेनन् । सम्झनाले यसपछि चलचित्र निर्देशनलाई निरन्तरता दिएकी छैनन् । बरु, उनी सञ्चारकर्ममै सक्रिय छिन् ।

    चलचित्र क्षेत्रमा सम्भावना देखाउँदै दीपा बस्नेतले पनि निर्देशनमा हात हालिन् । उनले निर्देशन गरेको ‘अन्तराल’ चलचित्रले राम्रो समीक्षा पायो । तर, चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन । यस्तै, दीपाले चलचित्र ‘श्री ५ अम्बरे’ पनि निर्देशन गरिन् । दुबै चलचित्रबाट व्यवसायिक सफलता हात नपारेपछि दीपाले नयाँ चलचित्र निर्देशन गरेकी छैनन् ।

    नायिका रेखा थापाको निर्देशनमा चलचित्र ‘हिम्मतवाली’ बनेको थियो । यो चलचित्रलाई सुरुवातमा रेखाले निर्देशन गर्ने योजना थिएन । चलचित्रलाई श्याम भट्टराईले निर्देशन गरिरहेका थिए । तर, श्याम र रेखाबीच छायांकनको क्रममै विवाद भयो र चलचित्रबाट श्याम निकालिए । यसपछि, रेखाले नै चलचित्र निर्देशनको जिम्मेवारी लिइन् ।

    यो चलचित्रले समीक्षामा कमजोर रेटिङ पाएपनि व्यवसायिक रुपमा भने सफलता हात पार्‍यो । यसपछि रेखाले चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि उनी अगाडि बढेकी छैनन् ।

     

    महिला निर्देशनमा सम्भावना 

    महिला निर्देशकको रुपमा पछिल्लो समयमा सर्वाधिक सक्रिय तीन निर्देशक हुन्, दीपाश्री निरौला, झरना थापा र रेनशा वान्तवा राई ।

    यी तिनै निर्देशकले असफलता व्यहोरेका छैनन् । कलाकारबाट निर्देशक बनेकी दीपाश्रीले ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ निर्देशन गरिसकेकी छिन् । यी तीन चलचित्रले सर्वाधिक कमाइको रेकर्ड नै राखेका छन् । यसैले, दीपाश्री निरौलालाई ब्लकबस्टर निर्देशक पनि भनिन्छ । तर, ३ चलचित्र ब्लकबस्टर दिएपनि धेरै मानिसहरु दीपाले चलचित्रको निर्देशन नगरेको तर उनको नाम मात्र राखिएको आरोप अझै लगाइरहेका छन् । दीपाले दीपकराज गिरीको समूह भन्दा बाहिरको चलचित्र निर्देशन गरेकी छैनन् ।

    नायिकाबाट निर्देशक बनेकी झरना थापाले ‘ए मेरो हजुर २’बाट निर्देशन यात्रा सुरुवात गरिन् । यो चलचित्रले राम्रो कमाइ गर्‍यो । उनै, झरनाले होम प्रोडक्सनबाटै चलचित्र ‘ए मेरो हजुर ३’ पनि बनाइन् । यो चलचित्र पनि ब्लकबस्टर सावित भयो । उनै, झरना यतिबेला चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त छिन् ।

    कोरियोग्राफर हुँदै निर्देशनमा पाइला चालेकी निर्देशक हुन्, रेनशा वान्तवा राई । रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशन यात्रा सुरु गरिन् । यो चलचित्रले दर्शकको मन जित्यो । रेनशाको कामको पनि प्रशंसा भयो । यो चलचित्रको सक्सेस पार्टीमै चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशनको घोषणा गर्दै रेनशाले निर्देशनलाई निरन्तरता दिइन् ।रेनशा हाल चलचित्रको पोष्ट प्रोडक्शनको काममा व्यस्त छिन् ।

    निर्देशक समुन्द्र भट्टले चलचित्र ‘आधा पेज’ निर्देशन गरिन् । यो चलचित्र बक्स अफिसमा चलेन । यसपछि उनले नायिका नीता ढुंगानासँग मिलेर चलचित्र ‘माया’ बनाउने चर्चा चलेको थियो । तर, चलचित्रको छायांकन सुरु भएको छैन ।

    निर्देशकको रुपमा लक्षु गौतमले पनि पाइला चालिन् । उनले निर्देशन गरेको ‘त म र उ, कालो बर्ष’ रिलिज भए । दुबै चलचित्र बक्स अफिसमा असफल भए ।

    निर्देशकको रुपमा सवनम मुखिया पनि अगाडि सरिन् । उनले चलचित्र ‘लखपति माग्ने’ निर्देशन गरिन् ।

    अनवरत रुपमा लाग्नुपर्छ : दीपाश्री निरौला

    निर्देशक दीपाश्री निरौलाले चलचित्र निर्देशनमा अनवरत रुपमा नलाग्ने हो भने अगाडि बढ्न गाह्रो रहेको टिप्पणी गरिन् । उनी भन्छिन्–‘पहिलेको तुलानामा अहिले महिला निर्देशकको संख्या बढेको छ । अहिले त झन्, चलचित्रको बिषय पढाउने विभिन्न कलेजका कारण पनि अब महिला निर्देशक बढ्छन् भन्ने मलाई लाग्छ ।’

    चलचित्र निर्देशनमा सुरुवात गर्दा दीपाश्रीलाई धेरैले पत्याएनन् । उनको नाम मात्र राखेर अरुले नै निर्देशन गरेको आरोप उनीमाथि लाग्यो । तर, दीपा भन्छिन्–‘निरन्तर रुपमा काममा लागेर आफूलाई पुष्टी गर्न सक्ने हो भने आरोप विस्तारै कमजोर हुँदै जान्छ । अर्कोतिर, ३० बर्षदेखि म यही क्षेत्रमा लागेको भएर पनि हुनसक्छ, मलाई धेरैले स्वीकार पनि गर्नुभयो ।’

    दीपाश्रीले चलचित्र निर्देशनमा आउनु अगाडि आफ्नो लक्ष्य र सोचमा स्पष्ट भएर आउन सुझाव दिइन् ।

    के दीपाले दिपकराज गिरी भन्दा अरुको टिमसँग काम नपाएकी हुन् त, यसमा उनी भन्छिन्–‘त्यस्तो होइन । मलाई अरु ब्यानरले पनि अफर गर्नुभएको छ । तर, काम गर्दागर्दै बीचमै टिमवर्क नभएर छाड्नु भन्दा सुरुवात नै नगरेको राम्रो । मलाई दीपकको स्क्रिप्टको लोभ पनि निकै लाग्छ ।’

    समय दिन नसक्दा गाह्रो : रेनशा वान्तवा

    दुईवटा चलचित्र निर्देशन गरिसकेकी निर्देशक रेनशा वान्तवा राई महिलाले समय दिन नसक्दा निर्देशनमा निरन्तरता दिन गाह्रो भएको तर्क गर्छिन् । उनी भन्छिन्–‘मैले त दुबै चलचित्र घरबाटै बनाएकी छु । फेरि, मेरो परिवार नै चलचित्र क्षेत्रमा भएकाले गाह्रो भएन । तर, धेरै महिला निर्देशक बनिसक्दा बिहे भइसके वा बिहे गर्ने उमेर भइसकेको हुन्छ । यस्तो अवस्थामा एउटा चलचित्रका लागि ६ महिना भन्दा बढी समय दिन गाह्रो परेको हुनसक्छ ।’

    चलचित्र निर्देशन गर्नु सगरमाथा चढेको जस्तै गाह्रो भएको भन्दै उनले भनिन्–‘धेरै कमले मात्र यो क्षेत्रका लागि १ बर्षको वाचा दिन सक्छ । मैले आफै नै ५५ दिनसम्म ‘आई एम ट्वान्टी वान’ खिचेँ । यो समयमा त म घरको लागि पाहुना मात्र भए नी त ।’

    रेनशा महिलामा क्षमता कम भएर निर्देशनमा आउन नसकेको कुरा स्वीकार गर्दिनन् । उनले भनिन्–‘अहिलेका महिलाहरुमा कुनै पनि कोणबाट क्षमतामा कमी छैन । तर, चलचित्र निर्देशन गर्नु भनेको सगरमाथा चढे जस्तै हो । अब, सगरमाथाको टुप्पोमा पुग्ने वा आधार शिविरमै बस्ने भन्ने मुख्य कुरा हो ।’

    रेनशाले महिला वा पुरुष जो भएपनि निर्देशकमा कमान्डिङ क्षमता भयो भने काम गर्न सहज हुने बताइन् ।

    रुची कम भएर हुनसक्छ : झरना थापा

    दुई चलचित्र सुपरहिट दिएर तेस्रो चलचित्रको तयारीमा रहेकी निर्देशक झरना थापाले चलचित्र निर्देशनमा महिला वा पुरुष भनेर गाह्रो वा सजिलो नहुने बताइन् । उनले भनिन्–‘पहिले पहिले महिला निर्देशक, महिला कलाकारलाई गाह्रो थियो । तर, अहिले यस्तो अवस्था छदै छैन भन्दा पनि हुन्छ । अहिले महिलाहरु आत्मनिर्भर भएर आएका छन् ।’

    उनले पुरुष निर्देशकको तुलनामा महिला निर्देशक नेपालमा मात्र नभएर विश्वमै कम भएको बताइन् । उनले भनिन्–‘महिलाहरुमा निर्देशनको आँट नभएर भन्दा पनि रुची नभएको पनि हुनसक्छ ।’

    के तपाईंले आफ्नै घरको ब्यानर भन्दा बाहिरको प्रोडक्शनमा काम गरेको भए सहज तरिकाले निर्देशन गर्न सक्नुहुन्थ्यो त भन्ने प्रश्नमा उनले भनिन्–‘पक्कै पनि सक्थेँ । मेरो २० बर्षदेखि यही क्षेत्रमा अनुभव छ । म यो क्षेत्रमा निरन्तर लागिरहेँ । यही अनुभवले पनि मलाई परिपक्व बनाएको थियो । मलाई आफू निर्देशनमा सफल हुन्छु र राम्रो काम गर्न सक्छु भन्ने विश्वास थियो ।’

    नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम छ । यसमध्ये अहिलेका केही सक्रिय निर्देशकहरु आफ्नै होम प्रोडक्शनको चलचित्रमा बढी व्यस्त छन् । तर, पहिलेको तुलनामा अहिले महिलालाई चलचित्र निर्देशन गर्न सहज वातावरण छ । तर, अझै पनि चलचित्र निर्देशनमा महिलाहरु खुलेर अगाडि बढ्न भने सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑