वीरगन्ज । धेरैजसो मानिस खाना खाएपछि ओछ्यानमा पल्टिन्छन् । यसो गर्दा खाना राम्ररी पच्दैन र अनेकथरी समस्या उब्जिन्छ । खासमा हाम्रो पाचन प्रणालीले पेटमा एउटा एसिड वा अम्ल निकाल्छ जसले पाचनलाई दुरुस्त राख्छ । तर यो एसिड आवश्यकताभन्दा बढी बन्दा पेटसम्बन्धी समस्या आइलाग्छ । हुन त एसिडटीका विभिन्न कारण हुन्छन् तर हामी यहाँ केही कारण बताउँछौं जसलाई चिनेर तपाईं उपचार थाल्न सक्नुहुन्छ ।
एसिडटीका कारणहरू
खानपानमा अनियममितता
खाना राम्ररी नपच्नु
पर्याप्त पानी नपिउनु
मसला धेर भएको खानेकुरा खानु
तनावग्रस्त हुनु
धूम्रपान
लामो समय भोको बसेमा
एसिडिटीका लक्षण
पेट पोल्ने
छाती पोल्ने
वाकवाकी लाग्ने
अमिलो डकार आउने
कम भोक लाग्ने
उपचार
छाती पोल्न थाल्यो भने अलैंची सेवन गर्नुस् । फाइदा हुन्छ ।