वीरगंज। फागुन ५ । पर्साकाे कालिकामाई गाउँपालिकामा गैर कर्मचारीको साटा गैर कर्मचारीबाट सेवा दिने कार्य भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे सेवा इकाईबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता अनलाइन अपडेट गर्ने काममा गैर कर्मचारीले गरिरहेकाे प्रस्ट देखिएको छ ।
एमआइएस अपरेटरले गर्नु पर्ने काम जनप्रतिनिधिकाे माैखिक न्युक्तिकाे आधारमा पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाको वृजनन्दन पटेल गरिरहेका छन् । कर्मचारी स्राेतका अनुसार गाउँपालिकाकाे जनप्रतिनिधि मध्येका एक वडाध्यक्षको मिलोमतमा उनलाई माैखिक न्युक्ति दिएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकाे निर्देशन नमानेका गाउँपालिकाले सेवा प्रवाहकाे लागि मनपरी तरिकाले गैर कर्मचारीकाे प्रयाेग गरेकाे छ ।
विभागले दिएकाे एमआइएस अपरेटर र फिल्ड सहायककाे म्याद थप गर्नु पर्ने निर्देशनकाे पालना नगरेकाे गाउँपालिकाले सेवा प्रवाहकाे लागि गैर कर्मचारीकाे प्रयाेग गरेकाे हाे । यसले विभागकाे निर्देशनपछि उच्च अदालतले गरेकाे आदेशकाे पनि अवहेलना भएकाे छ ।
उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजले एमआइएस अपरेटर लक्ष्मण साहलाई हाजिर गराई काम गर्न दिन माघ १९ गते गाउँपालिकाकाे नाममा अन्तरिम आदेश समेत जारी गरेकाे थियाे । साे आदेश अनुसार माघ २६ गतेदेखी गाउँपालिकाले एमआइएस अपरेटर साहलाई छुट्टै रजिस्टरमा हाजिरी गर्न दिए पनि काम गर्न दिएकाे छैन् ।
तर एमआइएस अपरेटरले गर्नु पर्ने काम गैर कर्मचारीबाट गाउँपालिकाले गराइरहेकाे फेला पर्दा गाउँवासी अच्चमित भएका छन् ।
एमआइएस अपरेटरले गर्नु पर्ने काम गरिरहेकाे सुनिलले आफुलाई गाउँपालिकाले भनेकाे आधारमा काम गरिरहेकाे वताए । उनले आफुले एक महिनादेखी गाउँपालिकामा काम गरिरहेकाे वताए ।
उनले आफुलाई गाउँपालिकाले न्युक्ति नदिए पनि भनेकाे आधारमा काम गरिरहेकाे स्विकार समेत गरे । उनले सहायक कम्प्युटर अपरेटरमा पदमा काम गरिरहेकाे वताए ।
तर गाउँपालिकाकाे सूचना अधिकारी अमित चाैरसियाले उनीसंग दैनिक ज्यालादारीमा गाउँपालिकाले काम गराएकाे वताए । अधिकारी चाैरसियाले भने “३/४ दिनदेखी व्यक्तिगत घटना दर्ताकाे काम राेकिएपछि ५ दिनकाे लागि उनलाई दैनिक ज्यालादारी नियुक्त गरि काम गराइएकाे हाे ।”