• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भूकम्पपछिको निजी आवास ९० प्रतिशतभन्दा बढी सम्पन्न, पुरातात्विक सम्पदाको प्रगति सुस्त,

  • वीरगंज संजाल
  • १३ माघ २०७७, मंगलवार ११:१५
  • ३२४५

    वीरगंज। | विनाशकारी भूकम्पपछिको पुनर्निर्माणमा हालसम्म ३ खर्ब ३९ अर्ब खर्च भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट ४८८ अर्ब रुपैयाँ मानिएको थियो । त्यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरूको समेत गरी उक्त रकम खर्च भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । प्राधिकरणले चालू आवमा ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । त्यसमध्ये पुससम्म १४ अर्ब ३ करोड खर्च गरिसकेको छ । विनियोजित सबै रकम बाँकी अवधिमा खर्च गर्न सकेमा कुल ३ खर्ब ८० अर्ब प्राधिकरणले खर्च गर्ने देखिएको छ । यसक्रममा करिब १६ करोड ६० लाख कार्य दिनबराबरको रोजगारी सिर्जना गरेको र मुलुकमा उपलब्ध सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठलगायतका उद्योगहरूको टेवा पुगेको उनको भनाइ छ ।

    ११ महिना अवधि बाँकी 
    विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि अब ११ महिनाभन्दा कम रहेको छ । ५ वर्ष पूरा गरेको प्राधिकरणलाई मन्त्रिपरिषद्को १५ मंसिरमा बसेको बैठकले १० पुस ०७७ देखि एक वर्षका लागि म्याद थप गरेको हो । प्राधिकरणले २०७८ असार मसान्तसम्मको अवधिमा चालू आर्थिक वर्ष ०७७÷७८ मा विनियोजित बजेटअन्तर्गतका कार्यहरू कार्यान्वयन गर्ने तयारी गरेको छ । त्यसपछिको बाँकी अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने कार्य, लेखापरीक्षण गर्ने–गराउने कार्य तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने कार्यहरू गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

    निजी आवास निर्माण ९० प्रतिशत नाघेको दाबी 
    पुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरूसँग अनुदान सम्झौता गरिएकोमा ७० प्रतिशतले घर पुनर्निर्माण गरिसकेको र २१ प्रतिशत लाभग्राहीहरू घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणको भनाइ छ । बाँकी लाभग्राहीहरूले चालू आर्थिक वर्ष ०७७/७८ भित्र निर्माण सम्पन्न गर्ने दाबी छ । पछिल्लो तथ्यांकअनुसार अझै ३८ हजार ६ सय ६६ वटा निजी आवासको अनुदान सम्झौता हुनै बाँकी छ ।

    ८० एकीकृत बस्ती निर्माणाधीन
    प्राधिकरणले निर्माणाधीन १ सय ३० एकीकृत बस्तीमध्ये ५० वटा सम्पन्न गरेको छ भने ८० वटा पुनर्निर्माण भइरहेका छन् । त्यस्तै, भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा उपलब्ध गराइएको छ । ११ हजार ४ सय ३७ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई साबिककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । १ हजार ३ सय ५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको प्राधिकरणले जानकारी दिएको छ ।

    निजी आवासको अन्तिम किस्ता लिने समयसीमा वैशाख मसान्तसम्म
    प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ । जसअनुसार सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूले निजी आवास पुनर्निर्माणको तेस्रो तथा आन्तिम किस्ता लिनका लागि २०७८ को वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । पहिलो किस्ता लिएका सबै पुनर्निर्माण लाभग्राहीले निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता माघ मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । त्यस्तै, अहिलेसम्म पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले ०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्ने र १५ पुस ०७७ सम्ममा पहिलो किस्ता लिनुपर्ने जानकारी गराएको थियो ।

    पुरातात्विक सम्पदा निर्माण जटिल हुँदा प्रगति सुस्त
    पुनर्निर्माणका अन्य क्षेत्रमा अपेक्षित प्रगति देखिए पनि सम्पदा निर्माणको गति भने सुस्त छ । तुलनात्मक रूपमा सम्पदा पुनर्निर्माण अन्य क्षेत्रको पुनर्निर्माणभन्दा जटिल र चुनौतीपूर्ण रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यसमा दक्ष जनशक्ति, निर्माण सामग्री, धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षण, स्थानीय समुदायसँगको सहमति, सम्पदासम्बन्धी विश्वव्यापी मान्यता, काष्ठकला तथा मूर्ति निर्माणका लागि लाग्ने समयलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । महत्वपूर्ण पुरातात्विक धरोहरका रूपमा रहेका सम्पदामध्ये अहिलेसम्म रानीपोखरी पुनर्निर्माणको कार्य सम्पन्न भएको छ भने धरहराको २०औँ तला पुनर्निर्माण भइरहेको छ, बाँकी दुई तला छिट्टै सम्पन्न हुने चरणमा छ ।

    सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भाग निर्माणको काम सकेर माघ महिनाभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने गरी कार्य भइरहेको प्राधिकरणको दाबी छ । बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्वीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरूको जीर्णोद्धार एवं पुनर्निर्माण काम भइरहेको छ । बृहत्तर टुँडिखेल, लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोर्खा एवं नुवाकोट दरबारलगायत सम्पदाहरूको गुरुयोजना स्वीकृतको चरणमा रहेका छन् । nayapatrikadaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑