मधुमेह अर्थात चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग हो । मधुमेह स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । तर, मधुमेहको सुरुआति लक्षणलाई पहिचान गर्न सकियो भने सामान्य रुपमा नियन्त्रण गर्न सकिन्छ ।
नियमित व्यायमका साथै विशेष आहारको सहायताले मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यदि मधुमेह भएको छ भने आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । मधुमेह भएका बिरामीले केही कुरा खानै नमिल्ने हुन्छन् । यस्ता छन् ति खाने कुरा :
किशमिश
मधुमेहका बिरामीले जंकफुड खानु हुँदैन । जंकफुड मात्र होइन अन्य खानेकुरामा पनि मधुमेहका रोगीले ध्यान दिनुपर्छ । मधुमेहका रोगीका लागि किशमिश पनि खान नमिल्ने कुरामा पर्छ । एक कप अंगुरमा २७ ग्राम कार्बोहाइड्रेड हुन्छ । तर, एक कप अंगुरमा कार्बोहाइड्रेडको मात्रा बढेर १ सय १५ ग्राम पुग्छ । त्यसैले मधुमेहका रोगिहरूले किशमिश सेवन गर्नु उपयुक्त मानिदैन ।
चिल्लो दूध
दूधमा पोषक तत्वको सन्तुलित मात्रा हुन्छ । त्यसैले सबै व्यक्तिलाई आफ्नो आहारामा दूध सामिल गर्न सुझाव दिइन्छ । तर, मधुमेह रोगीले चिज भएको सेवन गर्नु हुँदैन । दूधमा हुने चिल्लोले शरीरमा इन्सुलिनको मात्रा बढाउन मद्दत गर्छ । फूल फ्याटको मात्रा हुने दूधभन्दा कम फ्याट भएको दूधलाई भने सेवन गर्न सकिन्छ ।
आलु
आलु सबैको भान्छामा पाक्ने तरकारी हो । आलुमा पोटासियम, फाइबर, भिटामिन सी, भिटामिन बी, ल्युटिनलगायत तत्व भरपुर मात्रामा हुन्छ । आलुको सेवन छालाको लागि निकै राम्रो मानिन्छ । आलुमा यतिधेरै तत्व हुँदाहुँदै पनि मधुमेहका रोगीका लागि भने यो घातक हुन्छ । आलुमा कार्बोहाइड्रेटको मात्रा उच्च हुनुका साथै ग्लाइसेमिक इन्डेक्सको लेवल पनि बढी हुन्छ । जसले रगतमा सुगरको मात्रा बढाउन मद्दत गर्छ ।