बारा । अमरेस कुमार पाण्डेय। बारा कलैया पुष २६
बारा मा अवैध लागुऔषध सहित एक जाना पक्राउ परेका छन्। शनिबार राति ईलाका प्रहरी कार्यालय निजगढ बाट प्रहरी निरीक्षक बिकास थपलियाको र अस्थायी प्रहरी पोष्ट रतनपुर समेत बाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने जाने क्रममा अवैध लागुऔषध र हतियार बरामद गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं,६ बस्ने बर्ष ४७ को इमान सिंह तमाग रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रवता गौतम मिश्राले जानकारी दिएका छन्।
जिल्ला को निजगढ नगरपालिका वडा नं १३ भक्तलाल खोला को बगरमा केही ब्यक्ति समुहले लागुऔषध गाँजा बोकी ल्याई रहेको अवस्थामा जम्काभेट भइ प्रहरीको गस्ती टोलीलाई लक्षित गरी हतियार प्रयोग गरी फायर गरेका थिए। प्रहरी टोलीले प्रतिकार स्वरूप ठूलो चाइनिज चाईनिज पेस्तोल बाट ५ राउन्ड जवाबी फायर गरी तमाग नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी बताए।
प्रहरीले घटना स्थल बाट ५ ओटा सेतो बोराभित्र लुकाइ छिपाई राखेको १०२ केजी अवैध लागुऔषध गाँजा र तामाङ को साथबाट लोड भएकाे एक थान भरुवा बन्दुक सहित पक्राउ गरी हातहतियार र खरखजाना लागुऔषध नियन्त्रण ऐन, २०३३ बामोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।