• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    देशभर ३० हजार सहकारी: १० खर्ब हाराहारीमा वार्षिक कारोबार

  • वीरगंज संजाल
  • Jan 5, 2021, 11:35 am
  • २७९३

    वीरगंज। देशभरका २९ हजार ८ सय ८६ वटा सहकारी संघसंस्थाले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएको तथ्यांक सार्वजनिक भएको छ । सहकारी विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म गरेको तथ्यांक संकलनअनुसार मुलुकभरमा रहेका यी सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ ।

    यसअघि देशभर ३४ हजार ८३७ सहकारी संस्था रहेकामा केही निष्क्रिय भएको र केही एकीकरण हुँदा तथ्यांकमा कमी आएको पाइएको छ । शून्य लागतमा ७५३ स्थानीय तहले दिएको तथ्यांकका आधारमा विभागले सो विवरण तयार पारेको बताइएको छ ।

    विभागले तयार पारेको तथ्यांकअनुसार सहकारीमा सदस्य संख्या, सेयर पूँजी, बचत संकलन, ऋण लगानी तथा रोजगारी सिर्जनालगायत सूचकमा वृद्धि भएको पाइएको छ ।

    विभागले पछिल्लो समयमा आव २०७३-७४ को तथ्यांकअनुसार ३४ हजार ५ सय १२ सहकारी संस्था सञ्चालनमा थिए । तर नयाँ तथ्यांकमा सहकारीको संख्या घटेको छ । यसको कारोबार भने बढेको पाइएको छ । तीन वर्षमा ४ हजार ६ सय ४४ संस्था घटेका छन् ।

    यसअघि सहकारीले ७ खर्ब कारोबार गर्दै आएकामा पछिल्लो समयमा ३ खर्ब बढेर सहकारीको कारोबार १० खर्ब पुगेको छ । सहकारीको सेयर पुँजी ९४ अर्ब १० करोड पुगेको छ । सहकारीले ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड कर्जा परिचालन गरेका छन् ।

    सहकारीको संख्या घटे पनि सहकारीमा लाग्ने मानिसको संख्या थपिएको छ । यस अवधिमा सहकारीमा १० लाख नयाँ सदस्य थपिएका छन् । ३ वर्षअघि ६३ हजार सेयर सदस्य रहेकामा पछिल्लो समयमा ७३ लाख ७ हजार ४ सय ६२ पुगेका छन् । सहकारीमा पुरुषको तुलनामा १२ प्रतिशतभन्दा बढी महिला आबद्घ भएका छन् । विभागका अनुसार महिला ५६ प्रतिशत र पुरुष ४४ प्रतिशत सदस्य रहेको विभागले जनाएको छ ।

    सहकारी संघसंस्थामा कुल सदस्य संख्या ७३ लाख ७ हजार रहेको र ५६ प्रतिशत महिला सदस्य छन् । सहकारीमध्ये संघीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र स्थानीय सरकारअन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेको सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए ।

    हाल सञ्चालित सहकारीमध्ये २० विषयगत केन्द्रीय संघ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासंघ, ७० जिल्ला सहकारी संघ र २४१ विषयगत जिल्ला सहकारी संघ क्रियाशील छन् ।

    सहकारी विभागका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्यांक संकलन गरिएको हो ।

    तीन तहमा अधिकार बाँडफाँट हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकार तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ ।

    बाग्मती प्रदेशमा सबैभन्दा बढी सहकारी
    तथ्यांकअनुसार बाग्मती प्रदेशमा सबैभन्दा धेरै सहकारी छन् । बाग्मतीमा १० हजार ४ सय १८ वटा सहकारी छन् भने सबैभन्दा कम कर्णालीमा १ हजार ९६७ सहकारी संस्था रहेका छन् ।

    विभागका अनुसार डोल्पाका ४ स्थानीय तह र मनाङको १ स्थानीय तहमा सहकारी सञ्चालनमै छैनन् । विभागका अनुसार डोल्पाको डोल्पु बुद्ध, शे–फोक्सुन्डो, छार्काटाङसोङ गाउँपालिका र मनाङको लार्पा भूमि गाउँपालिकामा सहकारी नै छैनन् । सहकारी अधिकृत भानुभक्त भट्टका अनुसार ७ सय ५३ स्थानीय तहमध्ये कर्णालीका ४ स्थानीय तह सहकारीविहीन छन् । अन्य तहमा सहकारी दर्ता भई सञ्चालनमा आएका छन् ।

    कुन प्रदेशमा कति सहकारी संस्था ?
    प्रदेश १ : ४७३७
    प्रदेश २ : ४१५३
    बाग्मती प्रदेश : १०४१८
    गण्डकी प्रदेश : २६७१
    लुम्बिनी प्रदेश : ३७५५
    कर्णाली प्रदेश : १९६७
    सुदूरपश्चिम प्रदेश : २०६०

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश
  • काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त
  • भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
  • एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    बारामा १० हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    इरान युद्धले बदलेको दशकौँ पुरानो तेल व्यापार, होर्मुजको विकल्प खोज्दै खाडी देशहरू

    किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

    कसरी दौडिँदै छ बागमती करिडोर निर्माणको काम?

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जमा सडक विस्तार रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

    News

    काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

    News

    भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का

    News

    एकै परिवारका ३ जना पुर्पक्षका लागि कारागार चलान

    News

    सानेपा कब्जा गर्न जाँदैछौं, देउवाको नेतृत्वमा १५ औं महाधिवेशन हुन्छ- दुर्लभ थापा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑