वीरगञ्ज । विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जले आगलागी हुँदा आफुलाई जोगाउने तरिकारबारे प्रशिक्षण दिएको छ ।गुल्मले सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा परिसरस्थित खेल मैदानमा एक कार्यक्रमको आयोजना गर्दै वीरगञ्जका स्थानीय विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी, उद्योगी र सर्वसाधारणलगायतको उपस्थितिमा आगलागि भएको खण्डमा आफु र अरुलाई जोगाउने तरिकार बारे प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा प्रहरीहरुले आगलागि हुँदा नआत्तिएर सरल तरिकाबाट आफु र अरुलाई जोगाउने प्रकृया बारे बताएको थियो । आगलागीका प्रकार र हुने कारण बारे बताउँदै प्रशिक्षणमा प्रहरीले फरक-फरक तरिकाबाट विभिन्न किसिमको आगोलाई नियन्त्रणमा लिने प्रकृयाबारे समेत जानकारी गराएको थियो । प्रहरीले विशेषगरी ग्यास सिलिण्डरमा हुने आगलागीलाई नियन्त्रण गरी क्षति कम गर्ने उपाय सिकाएको थियो । प्रशिक्षणको क्रममा प्रहरीले उदाहरण दिएर ग्यास सिलिण्डलमा आगलागी भए कसरी नियन्त्रणमा लिने भनि सिकाएको थियो । उक्त उपयलाई उपस्थित सबैले निकै चाँसोका साथ हेरेका थिए ।
ग्यास सिलिण्डरमा आगलागी हुँदा हातको औंला थिचेर, बाल्टीले ढाकेर अथवा कपडाले छोपेर निभाउने तरिका प्रहरीले प्रदर्शन गरेको थियो । त्यसैगरी शरीरमा आगलागी हुँदा आफुलाई जोगाउने तरिका बारे समेत प्रहरीले प्रदर्शन गरेको थियो ।
त्यस्तै प्रहरीले अग्निशामकको सही प्रयोग बारे पनि जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रशिक्षणको सराहना गर्दै यसलाई बाहिर लगेर सर्वसाधारण समक्ष समेत प्रस्तुत गर्न प्रहरीलाई सल्लहा दिएका थिए । विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ वीरगञ्जका प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक मनोजित कुँवर, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुवोध गुग्प्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धुर्व नेपाल, वडा नम्बर ८ का राजकिशोर गुप्ता, वडा नम्बर ९ का मनोज कलवार, वडा नम्बर ३ का बैजु स्वर्णकार, ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरी पन्त, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा उद्यमी अनिल व्याहुत, नेकपाका नेता अख्लेश साहलगायतको उपस्थिति रहेको थियो ।