जलेश्वर । नेपाल कम्युनिष्ट पार्टी (नेपाल–प्रचण्ड) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा सर्लाहीका प्रहरी प्रमुखले नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहविरुद्ध षड्यन्त्र गरेको साहका समर्थकको भनाई रहेको छ ।
शनिवार मन्त्री साह रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवनमा उनको गाडीसंग एकजना ठोक्किएका थिए । सर्लाही प्रहरी स्रोतका अनुसार एसपी राठौरले सर्लाही प्रवेश गरेपछि मन्त्री साहको गाडीलाई स्कर्टिङ पठाएनन् । बागमती देखि लालबन्दीसम्म गाडीलाई स्कर्टिङ दिइएको थिएन । हरिवनमा एक जना यात्रु दौडिएर आउने क्रममा मन्त्री साहको गाडीमा ठोक्किएको साहका एक कार्यकर्ताले बताए ।
गाडीमा ठोक्किए लगत्तै ति व्यक्ति त्यहाँबाट हिडिसकेपछी मन्त्री साह अगाडी बढेको सिसिटिभी फुटेजमा देखिन्छ । तर, केबिि प्रहरीले मन्त्री साहको बद्नाम गराउन भ्रामक अभिव्यक्ति दिएको स्थानिय कार्यकर्ताको भनाई छ सिसिटिभीको आधा भिडियो काटेर बाहिर ल्याएपछी अन्य मिडिया भ्रमित हुन पुगेछन् ।’ एक कार्यकर्ताले भने । जबकी उक्त गतिविधि भइरहँदा एसपी राठौर सम्पूर्ण गतिविधिबारे जानकार नै थिए ।
सर्लाही प्रहरीका अनुसार हालका एसपी सन्तोष सिंह राठौर पहिला प्रचण्डको अंगरक्षक भएको र उनले प्रचण्डको इशारा मात्र काम गर्ने गरेका छन् । मधेशमा लोकप्रिय मन्त्री साह पछिल्लो दिनमा पार्टीको भेलाहरुमा सहभागी हुन प्रदेश २ मा छन् ।