बीरगन्ज | जिल्ला प्रशासन प्रशासन कार्यालय पर्साका कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुदाँ सेवा ग्राहीहरुलाई सेवा लिन सास्ती खेप्नु परेको छ । आइतवार सेवालिन जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका सेवा ग्राहीहरुले कर्मचारीहरु कार्यालय समयमा उपस्थित नभएको भन्दै हो हल्ला गर्दै सरकारी रवैयाको बिरोध गरेका छन् ।
आइतवार जिल्ला प्रशासन कार्यालय पर्साको राहदानी शाखा,प्रतिलिपि शाखा,चलानी दर्ता तथा सोधपुछ शाखा र नागरिक वितरण लगायतका शाखाहरुमा कर्मचारी ११ ः ३० बजे सम्म उपस्थित नभए पछि सेवाग्राहीहरु कार्यालय परिसरमा हो हल्ला गरेका थिए ।
सेवाग्राहीहरुका अनुसार एक त शाखाहरुमा चाहिएको जति कर्मचारी छैन् अर्को तर्फ भएको कर्मचारीहरु पनि समयमा उपस्थित नहुँदा एक दिनमा हुने कामको लागि २ देखि ४ दिन सम्म दौडनु पर्ने अवस्था रहेको छ । कार्यालयमा कर्मचारी ११ ः ३० बजे सम्म उपस्थित नभए पछि सेवाग्राहीहरु फोन गरी संचारकमीहरु बोल्दा जिल्ला प्रशासन कार्यालयमा नेपाली पोष्ट डेलीका संचारकर्मी सहितका पत्रकार टोली पुग्दा प्रतिलिपी शाखामा मात्र २ सय भन्दाको हाराहारीमा सेवाग्राही लाइनमा बसेका थिए भने शाखामा एक जना पनि कर्मचारी उपस्थित देखिएन् । प्रतिलिपी शाखामा चार वटा कुर्सी देखिए पनि एक जना पनि कर्मचारी भेटिएन् ।
विरुवागुठीबाट सेवा लिन आएका बिरेन्द्र तिवारीले नागरिकताको प्रतिलिपी लिन विहान १० बजे देखि लाइन वसेको भए पनि हाल सम्म कर्मचारी नआएको गुनासो गरे । एक जना अर्का सेवाग्राहीले नागरिकताको प्रतिलिपी लिनका लागि १३ दिन देखि जिल्ला प्रशासान कार्यालयमा धाइरहेको वताए । पोखरिया नगरपालिकाका शंकर हजारा नागरिकताको प्रतिलिपी निकाल्नका लागि ६ दिन कार्यालयमा धाइ रहेको दुखेसो पोखे ।
ग्रामिण इलाकाका एक जना सेवाग्राहीले दैनिक गाउँवाट २ सयका दरले भाडा खर्च गरी जिल्ला प्रशासन कार्यालयमा आउँने गरेको भए पनि हाल सम्म काम नभएको गुनासो गरे ।
जिल्ला प्रशासन कार्यालयको अधिकाशंका शाखाहरुमा कर्मचारी अभाव रहेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए । यस बिषयमा माथिल्लो तहका हाकिमहरु गुनासो गर्न सल्लाह दिए ।
आइतवार राहदानी शाखामा पनि तोकिए अनुसारको कर्मचारी उपस्थित नरहेको कारण सेवा लिन आम सर्वसधारणलाई सास्ती भएको थियो । कर्मचारी अभावमा राहदानी शाखामा घण्टौ लाइनमा वस्न सेवाग्राहीहरु बाध्य छन् ।
कर्मचारीहरुको अभावमा नियमित सेवा प्रदान हुने शाखाहरुमा समस्या भइरहेको वारे आफुलाई जानकारी रहेको वताउँदै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले कहिले काही काम लोड भएर यस्तो हुने गरेको वताए । उनले केही कर्मचारीहरु तालिममा,केहि विदामा र केही कार्यालयकै काम विशेषले बाहिर रहेको कारण यस्तो समस्या उत्पन्न भएको वताए । एक जना सेवाग्राहीले आइतवार आधा भन्दा पनि कम कर्मचारी कार्यालयमा उपस्थित भएको वताए ।
यसरी जिल्लाकै प्रमुख प्रशासनिक निकायमा कर्मचारीहरुको व्यवस्थापन र काम कारवाहीले आम सेवाग्राहीलाई थप पिडा प्रदान गरेको छ ।